तनहुँ । नेपाल रेडक्रस सोसाइटी भगवतिपुर उपशाखाको चौँथो साधारण सभा तथा दोस्रो अधिवेशन शनिबार सम्पन्न भएको छ । उक्तअधिवेशनको प्रमुख अतिथिको रुपमा नेपाल रेडक्रस रोसाईटीका मन्त्री सुर्यचन्द्र हड्खलेको उपस्थिति रहेको थियो । यसैगरी निर्वाचनसंयोजक विमल गिरि (ने रे सो जिल्ला सदस्य), सुमन थापा (ने रे सो जिल्ला सदस्य), याम बहादुर थापा (नेपाली काँग्रेस घिरिङसभापति), नारायण प्रसाद श्रेष्ठ (अध्यक्ष, नेपाल शिक्षक संघ घिरिङ) को बिशेष उपस्थिति रहेको थियो ।उक्त अवसरमा ने रे सोभगवतिपुर उपशाखाका पदाधिकारीहरु तथा आजिवन सदस्यहरुको पनि उपस्थिति रहेको थियो।

अधिवेशनबाट सर्वसहमतिमा सभापतिमा पुनः मिन बहादुर कार्की लाई नै चयन गरिएको छ। त्यसैगरि महिला उप सभापतिमा सुनागुरुङ्ग, सचिवमा मान वहादुर थापा (मनिष ), कोषाध्यक्ष होमबहादुर थापा पुनः चयन भएका छन। त्यसैगरि समितिका सहसचिवमागोविन्द श्रेष्ठ , सह कोषाध्यक्षमा उत्तम थापा, सदस्यहरुमा याम बहादुर थापा , प्रेमबहादुर थापा , आजन्ति माया थापा , लोहविर थापा रविमन आले र सल्लाहकारमा नारायण प्रसाद श्रेष्ठ चयन भएका छन् ।








