गृहमन्त्रीले गरे ३ जिल्लाका सीडीओसहित ६ सहसचिवको सरुवा

सर्वज्योति
  • ख-
  • ख+

काठमाडौं । गृह मन्त्रालयले मन्त्रालय अन्तरगत कार्यरत ६ जना सहसचिवको सरुवा गरेको छ । गृहमन्त्री रमेश लेखकले आइतबार मन्त्रस्तरीय निर्णय गर्दै केही जिल्लाका प्रमुख जिल्ला अधिकारी सहित ६ सहसचिवको सरुवा गरेका हुन् ।

गृह मन्त्रालय स्रोतका अनुसार बर्दियाका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मालाई कास्कीको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारीमा सरुवा गरिएको छ भने त्यहाँ कार्यरत भरतमणि पाण्डेलाई मन्त्रालय तानिएको छ ।

मन्त्रालयको बरण्डामा रहेका सहसचिव सुरेन्द्र पौडेललाई भने बर्दियाको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ ।
यस्तै धनुषाका प्रमुख जिल्ला अधिकारी रामुराज कडरियालाई मन्त्रालयमा तानेर मन्त्रालयको बरण्डामा रहेका शंकरहरि आचार्यलाई धनुषाको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ ।

यस्तै पाँचथरको रिक्त रहेको प्रमुख जिल्ला अधिकारीमा सहसचिव अरुण पोखरेललाई पठाइएको छ । पाँचथरका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद कोइरालालाई भने यस अघि नै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयको प्रमुख अध्यागमन अधिकृतको जिम्मेवारी दिइसकिएको छ ।

प्रमुख अध्यागमत अधिकृत तिर्थराज भट्टराई भिजिट भिसाका नाममा मानव तस्करीमा संलग्नता देखिए लगत्तै गृहमन्त्री रमेश लेखकले अख्तियारले छानविन सुरु गरेको जानकारी पाउने बित्तिकै बचाउनेगरी मन्त्रालयमा सरुवा गरेर तानेका थिए ।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्