पर्यटक सवारी साधन अवरोधप्रति टुरिस्ट बस एसोसिएसन अफ नेपाल (TBAN) को गम्भीर ध्यानाकर्षण

सर्वज्योति
  • ख-
  • ख+

काठमाण्डौ । टुरिस्ट बस एसोसिएसन अफ नेपाल (TBAN) ले पर्यटक सवारी साधन अवरोधप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । टुरिस्ट बस एसोसिएसन अफ नेपाल (TBAN) महासचिव प्रकाश चन्द्र अधिकारीले आज एक विज्ञप्ति जारी गर्दै देशका विभिन्न स्थानहरूमा भइरहेको पर्यटक सवारी साधनमा अवरोध, हड्ताल र यातायात सेवा बन्दप्रति टुरिस्ट बस एसोसिएसन अफ नेपाल (TBAN) गम्भीर रूपमा चिन्तित भएको बताएका छन् । महासचिव अधिकारीले विज्ञप्तिमा यस्ता गतिविधिहरूले यात्रुहरूको दैनिकी मात्र नभई नेपालको समग्र पर्यटन क्षेत्रमा समेत प्रतिकूल असर पारिरहेको स्पष्ट देखिन्छ । पोखरा, चितवन, लुम्बिनी जस्ता प्रमुख पर्यटकीय शहरहरूमा समेत पर्यटकीय सवारीसाधन सञ्चालनमा अवरोध आउनु अत्यन्तै चिन्ताजनक विषय हो । पर्यटनसँग प्रत्यक्ष रूपमा सम्बन्धित सवारीसाधनहरूलाई रोक लगाइनु वा असहज बनाइनुले पर्यटन व्यवसायीहरू चिन्तित भएको देखिन्छ। साथै यस्ता घटनाहरूका कारण स्वदेशी तथा विदेशी पर्यटकहरूले सहज रूपमा यात्रा गर्न पाएका छैनन् । पर्यटकहरूमा त्रास, अन्योल र असुरक्षा बढिरहेको छ जसको प्रत्यक्ष असर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटन बजारमा नेपालको छवि माथि नकारात्मक सन्देशको रूपमा फैलिएको छ भनेका छन् । महासचिव अधिकारीले विज्ञप्तिमा अगाडि यसले दीर्घकालीन रूपमा नेपालको पर्यटन विकासमा गम्भीर असर पार्ने, हजारौं श्रमिकहरूको जीविकासँग प्रत्यक्ष(अप्रत्यक्ष रूपमा जोडिएको यस क्षेत्रमा सुरक्षाको वातावरण कायम गर्नु हामी सबैको साझा जिम्मेवारी हो । नेपालको समृद्धिको मेरुदण्डका रूपमा चिनिने पर्यटन क्षेत्रको संरक्षण र प्रवर्द्धन गर्नु सम्पूर्ण सरोकारवाला पक्षहरूको साझा उत्तरदायित्व हो। त्यसैले यसप्रकारको असहज परिस्थितिको तुरुन्त समाधान गर्न टुरिस्ट बस एसोसिएसन अफ नेपाल (TBAN) नेपाल सरकार, गृह मन्त्रालय, पर्यटन मन्त्रालय, यातायात मन्त्रालय, प्रदेश सरकार, सुरक्षा निकायहरू, पर्यटनसँग सम्बन्धित संघ-संस्थाहरू तथा स्थानीय तहहरूसँग समन्वयात्मक रूपमा सहजीकरणको पहल गर्न टुरिस्ट बस एसोसिएसन अफ नेपाल (TBAN) हार्दिक अपिल गर्दछ भनेका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्