तनहुँ । सात दिने किष्टलका गहना तथा सजावटका सामान वनाउने सिपमुलक तालिम कार्यक्रम सम्पन्न भएको छ । म्याग्दे गाउँपालिका वडा न ५ फुलवारीमा सचालन भएको ७ दिने किष्टलका गहना तथा सजावटका सामान वनाउने सिपमुलक तालिमको आज समापन भएको हो । उक्त कार्यक्रमको समापन गर्दै म्याग्दे गाउँपालिकाका प्रमुख श्रीप्रसाद श्रेष्ठले गाउँपालिकाले आफ्नो पालिकाका बासिन्दालाई स्वरोगार तथा आय आर्जनको लागि तालिम कार्यक्रम संचालन गरेको र आउदा दिनमा पनि संचालन गर्ने बताएका थिए ।
कार्यक्रममा सहभागी भई प्रमाणपत्र वितरण गर्दै अध्यक्ष श्रेष्ठ ले तालिम पश्चात सिपलाई खेर नफालिकन प्रयोग गर्न पनि सहभागीलाई आग्रह गरेका थिए । कार्यक्रममा म्याग्दे गाउँपालिकाका उपाध्यक्ष उपाध्यक्ष वालकृष्ण घिमिरेले सिप खेर नफाल्न सैवै प्रशिक्षाथिलाई सचेत हुनुपर्ने बताएका थिए । म्याग्दे ५ का अध्यक्ष शिव बहादुर आलेको सभापतित्वमा भएको कार्यक्रममा आर्थिक बिकाश शाखा प्रमुख प्रदिप न्यौपानेले सहभागीहरुलाई आउदाँ दिनहरुमा पनि स्तर बृद्धिको तालिम प्रदान गरिने बताएका थिए । उक्त अवसरमा सहभागी प्रशिक्षार्थी सविता गुरुगंले यस्ता तालिमले आयआर्जनमा सहयोग पुग्ने भनाई राखेकी थिईन् ।
२२ जना महिलाहरु सहभागी भएको उक्त, तालिममा सहभागीहरुलाई ईन्द्र कुमारी थापाले प्रशिक्षण दिनुभएको थियो । सो तालिममा सहभागी प्रशिक्षार्थीहरुले २२ प्रकारका सामान निर्माण गरेका थिए ।








