जातिय भेदभाव तथा छुवाछुत उन्मुलन राष्ट्रिय दिवसमा आँबुखैरेनीमा अग्रज दलितहरुलाई सम्मान

सर्वज्योति
  • ख-
  • ख+

तनहुँ । जातिय भेदभाव तथा छुवाछुत उन्मुलन राष्ट्रिय दिवसको अवसरमा आँबु खैरेनी गाउँ पालिकाको आयोजना तथा दलित वर्ग उत्थान गाउँ समन्वय समितिको सह आयोजनामा जातिय भेदभाव तथा छुवाछुत अन्त्य गरौँ , समतामुलक समाज निर्माण गरौँ भन्ने नारा सहित २०९२ साल जेष्ठ २१ गते रोयल्स होममा १९ औं जातिय भेदभाव तथा छुवाछुत उन्मुलन राष्ट्रिय दिवस एवं दलित जेष्ठ नागरिक सम्मान कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रमका संयोजक तथा आँबु खैरेनी गाउँ कार्यपालिका सदस्य गङ्गा बि.क.को अध्यक्षता सम्पन्न सो कार्यक्रममा प्रमुख अतिथिको आँबु खैरेनी गाउँ पालिका अध्यक्ष शुक्र चुमान रहेका थिए भने विशिष्ट अतिथिको रुपमा आँबु खैरेनी गाउँ पालिका उपाध्यक्ष दुर्गा अर्याल तथा इलाका प्रहरी कार्यालय आँबु खैरेनीका प्रमुख निरीक्षक टेक प्रसाद सुवेदी रहेका थिए । गाउँ कार्यपालिकाकी सदस्य शुशिला नेपालीले संचालन गगरेको सो कार्यक्रममा आयोजकको तर्फबाट कार्यपालिका सदस्य भूगोल बि.क. ले स्वागत मन्तव्य राखेकी थिईन् । कार्यक्रममा गाउँपालिका अध्यक्ष शुक्र चुमान, गाउँ पालिकाकी उपाध्यक्ष दुर्गा अर्याल, इलाका प्रहरी कार्यालय आँबु खैरेनीका प्रमुख निरीक्षक टेक प्रसाद सुवेदी, आँबु खैरेनी (३ का वडास दस्य मनोज कुमार श्रेष्ठ , समाजसेवी तथा दलित वर्ग उत्थान गाउँ समन्वय समितिका भुपु अध्यक्ष बीर बहादुर सुनार , आँबु खैरेनी गाउँ पालिका पशु स्वास्थ्य प्रमुख चित्र बहादुर बि.क., आँधीमुल नेपाली कल्याण समाजका सचीव तथा मर्निङ्ग स्टार प्रि प्राइमरी स्कुल एंड चाइल्ड केयर सेन्टरका संस्थापक बाबुराम नेपाली लगायतले शुभकामना मन्तव्य राखेका थिए । गाउँ पालिका भित्रका ८० वर्ष भन्दा माथिका १८ जना जेष्ठ नागरिकलाई सम्मान गरिएको सो कार्यक्रममा आँबु खैरेनी गाउँ पालिकाका बर्तमान दलित जनप्रतिनिधिहरुलाई पनि सम्मान गरिएको थियो। सो कार्यक्रममा वडा नं १ बाट दलित जेष्ठ नागरिकहरु अमृत नेपाली, कुसुली कामी, नर कुमारी सुनार, पुर्ण बहादुर सुनार, बल बहादुर बिक, मन बहादुर बि.क. , रत्नमाया सार्की, बिष्णुमाया सार्की, सुकमाया परियार, सन्त कुमारीनेपाली , सिर कुमारी सर्किनी त्यस्तै वडा नं २ बाट हर्क बहादुर सुनार, वडा नं ३ बाट डम्बर बहादुर बि.क. , सुकमाया बि क, वडा नं ५ बाट आसपुर कामी , आइतमाया कामी , डल्ली बि.क. र बुध्दिसरा कामीलाई प्रमुख अतिथि आँबु खैरेनी गाउँ पालिका अध्यक्ष शुक्र चुमानद्वारा जनही नगद पाँच हजार रुपैया( सहित प्रमाणपत्र प्रदान गरी दोसल्ला ओढाएर सम्मान गरिएको थियो भने आँबु खैरेनी गाउँ पालिकाका बर्तमान दलित जनप्रतिनिधिहरु वडा नं १ बाट कार्यपालिका सदस्यहरु सुशिला नेपाली, गङ्गा बिक, भूगोल बि.क. र सम्झना सुनार , वडा नं ३ बाट वडा सदस्य शोभा बि.क., वडा नं ४ वडा बाट सदस्य मनमाया कामी , वडा नं ५ बाट वडा सदस्य सुकमाया बि.क. र वडा नं ६ बाट वडा सदस्य कमला परियारलाई प्रमुख अतिथिद्वारा दोसल्ला ओढाइ प्रमाण पत्र प्रदान गरेर सम्मान गरिएको थियो।
उक्त कार्यक्रममा प्रमुख अतिथि आँबु खैरेनी गाउँ पालिका अध्यक्ष शुक्र चुमानले जातिय भेदभाव तथा छुवाछुत उन्मुलन राष्ट्रिय दिवसको अवसरमा स्थानिय बिदा दिने प्रचलन आँबु खैरेनी गाउँ पालिकाले शुरु गरेकोमा यसपटक तनहुँका सबैजसो पालिकाहरुले बिदा बताएका थिए । उनले आँबु खैरेनी गाउँ पालिका वडा नं १ स्थित आँधीमुलमा आफ्नो जमिन बेचेर सम्पुर्ण खर्च बेहोरेर बि. सं. २०३५ सालमा मन्दिरको रुपमा पहिलो भौतिक संरचना बनाउनुहुने एकल दलित महिला सुकमाया परियार (पाकुली दमिनी) को इतिहास आँबु खैरेनी गाउँ पालिकाले तयार पार्ने स्थानिय पाठ्यक्रममा राखिने योजना रहेको तथा उहाँको योगदानलाई गौरवको रुपमा देशैभरी प्रचार गरिने बताएका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्