तनहुँ । तनहुँको बन्दीपुर गाउँपालिकाद्धारा पूर्णखोप पालिका सुनिश्चिता दिगोपना कायम प्रतिवद्धता घोषणा कार्यक्रम आयोजना गरेको छ । बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र बहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्ले प्रमुख अतिथि रहेका थिए । उक्त अवसरमा प्रमुख अतिथि वाग्लेले पूर्णखोप पालिका सुनिश्चिता दिगोपना कायम प्रतिवद्धता पुरा गर्नका लागि अझ मेहनत गर्दै विद्यालयक्षेत्रलाई पनि जोड्नुपर्ने बताएका थिए ।
कार्यक्रमका सभापति एवं बन्दीपुर गाउृँपालिकाका अध्यक्ष थापाले स्वास्थ्य स्वयंसेविकाहरुले बन्दीपुरलाई खोपमुक्त पालिका बनाउन उल्लेखनिय भुमिका खेलेकोले उनीहरुको सधै सम्मा न हुने बताएका थिए । कार्यक्रममा बन्दीपुर गाउँपालिकाकी उपाध्यक्ष पंचमाया गुरुगं, बन्दीपुरका प्रमुख प्रशासकीय अधिकृत यादवराज आचार्य, प्रदेश जनस्वास्थ्य कार्यालय तनहुँका प्रमुख अमर दवाडी, बन्दीपुर अस्पतालका मे.सु. डा. अनिल गिरी, बन्दिपुर गाउँपालिका वडा नं. १ देखि ६ सम्मका अध्यक्षहरु शिवकुमार श्रेष्ष्ठ, तिलक बहादुर कुवर, परमेश्वर भट्टराई, दान बहादुर थापा ध्रुवप्रसाद लामिछाने, बल बहादुर गुरुगं लगायत अन्य कार्यपालिकाका सदस्यहरु, तथा कर्मचारी तथा स्वयंसेवकहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा बन्दीपुर गाउँपालिकाकी उपाध्यक्ष पंचमाया गुरुगं, बन्दीपुरका प्रमुख प्रशासकीय अधिकृत यादवराज आचार्य, प्रदेश जनस्वास्थ्य कार्यालय तनहुँका प्रमुख अमर दवाडी, बन्दीपुर अस्पतालका मे.सु.डा. अनिल गिरी, बन्दीपुर वडा नं ३ का अध्यक्ष, परमेश्वर भट्टराई, स्वास्थ्य स्वयसेविका सिता कपालीले पूर्णखोप पालिका सुनिश्चिता दिगोपनाका लागि सबै लाग्नुपर्ने बताएका थिए ।
कार्यक्रममा सहभागी प्रमुख अतिथि , विशिष्ठ अतिथि लगायत सहभागीलाइ स्वास्थ्य शाखाकी अधिकृत बिमला पोखरेल कट्टेलले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रम संचालन बन्दीपुर गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख किरण श्रेष्ठले गरेका थिए ।
कार्यक्रममा बन्दीपुर गाउँपालिकालाई पूर्णखोप पालिका बनाउन योगदान पुर्याउने बन्दीपुरका ६ वटै वडाका वडा अध्यक्षा, सदस्य, कर्मचारी तथा स्वास्थ्य स्वयंसेविकाहरुलाई सम्मान गरिएको थियो ।








