मोटरसाइकल दुर्घटनामा सशस्त्रका सइको मृत्यु

सर्वज्योति
  • ख-
  • ख+

विराटनगर । पूर्वपश्चिम लोकमार्ग अन्तर्गत झापाको कमल गाउँपालिका–३ खण्डमा मोटरसाइकल दुर्घटना हुँदा सशस्त्र प्रहरीका नायव निरीक्षक (सइ) को मृत्यु भएको छ । मोरङ कानेपोखरी गाउँपालिका– ४ का ४८ वर्षीय पुरनलाल राजवंशीको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते उनलाई उपचारका लागि बीएण्डसी अस्पताल बिर्तामोड पठाएको थियो । उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । राजवंशी सशस्त्र प्रहरी बलको प्रहरी नायव निरीक्षक (सइ) हुन् । उनी इलामको बीओपी समालबुङ पोष्टमा कार्यरत थिए । घरबाट कार्यक्षेत्र जाँदै गर्दा उनले चलाएको प्र.१– ०२–००५२ प ७०२९ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भई दुर्घटना भएको हो ।

अनलाईन खबर

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्