तनहुँ । काशीराम गैर्हे बने भिमाद नगरपालिका वडा नंं ५ मा राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा) को सभापति बनेका छन् । केन्द्रीय यातायात विभाग सदस्य बिकास ग्दिेलको प्रमुख आतिथ्यतामा भएको भिमाद नगरपालिका वडा नंं ५ को अधिबेशनबाट काशीराम गैर्हेको सभापतित्वमा नयाँ कार्यसमिति चयन गरेको हो । चयन भएका अन्य पदाधिकारीहरुमा नरेन्द्र श्रेष्ठ उपसभापति, गिता थापा सचिब र सदस्यहरुमा शोभाकर गैर्हे र ऋषिराम लामिछाने रहेका छन् । रास्वपा भिमाद नगरपालिकाका सभापति हरिप्रसाद लम्सालको सभापतित्वमा भएको अधिवेशनमा सहभागीहरुले भिमाद ५ मा रास्वपालाई नयाँ उचाईमा लैजाने बताएका थिए ।








