काठमाण्डौ । साँगे सभ्यता संरक्षण तथा विकास अभियानले तनहुँ सदरमुकाम दमौलीमा अन्तरसंवाद कार्यक्रम आयोजना गर्ने भएको छ । अभियान बारे जानकारी गराउने उदेश्यले आगामी असार ३ गते मंगलवार अभियानले अन्तर संवाद कार्यक्रम आयोजना गर्न लागेको हो । “यहि असार ३ गते मंगलवार अभियानले व्यास नगरपालिकाको हलमा अन्तर संवाद कार्यक्रम आयोजना गर्ने तय गरेको छ, व्यास नगरपालिकाका मेयर बैकुण्ठ न्यौपानेको प्रमुख आतिथ्यतामा कार्यक्रम गर्ने भन्ने अनुसार हामीले न्यौपानेलाई आमन्त्रण गरेका छौँ, ४ बजेबाट कार्यक्रम सुरु गर्ने हाम्रो योजना छ, यद्यपि केही औपचारिकता भने अझै बाँकी छ, हामी तयारी साथ बसेका छौँ” कार्यक्रम आयोजना बारे जानकारी दिदै अभियानका संयोजक सुरेन्द्र वाग्लेले बताएका छन् । अभियानले साँगे क्षेत्र अन्तर्गत पर्ने वडाका जनप्रतिनिधिहरुसहित स्थानीय एवम् सरोकारवालाहरु समेतलाई आमन्त्रण गरिने संयोजक वाग्लेले बताएका छन् ।
त्यसो त अभियानले अम्रेनी, नेपालटार र पतेनी स्थित विद्यालयका बालबालिकासहित बुद्धिजीवि, समाजसेवी, अगुवा, जेष्ठ नागरिक, व्यवसायी लगायतका स्थानीयहरुसँग भेटघाट तथा छलफल गर्ने कार्यक्रम समेत रहेको अभियानका महासचिव सरोज ओझाले जानकारी दिएका छन् । त्यसैगरी, पर्यटन प्रर्वर्द्धनमा मा सघाउ पुर्याउने उद्धेश्यसहित डाडागाउँ – हर्षपुर होमस्टेको अवलोकन गर्ने कार्यक्रम तय गरिएको र म्याग्दे ७ पयेंरदेखि पश्चिम नागरङ्ग कुना स्थित ठूलो पहरामा रहेको निलकण्ठेश्वर महादेव सिद्ध गुफाको पर्यटन सम्भावना बारे खोजबिन गर्न त्यहाँको स्थलगत भ्रमण गर्ने कार्यक्रम समेत रहेको ओझाले जानकारी दए ।
उक्त भ्रमण दलमा संयोजक वाग्ले र महासचिव ओझासहित सदस्यहरु पूर्व वरिष्ठ प्रहरी उपरिक्षक हरिराज वाग्ले, वरिष्ठ इन्जिनियर ठाकुरप्रसाद पण्डित र पूर्व शिक्षिका बालवती शर्मा (बाला) रहनुभएको संस्थाका सदस्य गंगाधर भट्टराईले जानकारी दिएका छन् ।








