तनहुँ । नदिमा डुबेर बन्दीपुर गाउँपालिका वडा नंं ३ सेराटारका ५६ बर्षिय पुरुषको मृत्यु भएको छ । बन्दीपुर गाउँपालिका वडा नं. ३ सेराटार बस्ने वर्ष ५६ को मंगले नेपाली घरमा कोही कसैलाई केही नभनि सम्पर्क बिहिन भएकोमा नेपाल प्रहरी र स्थानियहरुले खोजतलास गर्ने क्रममा उक्त स्थानकै खुदी नदीको तानेको रह छेउमा निजले प्रयोग गर्ने गरेको कपडा र चप्पल भेटि उक्त स्थानमा खोजतलास गर्ने क्रममा निजलाई मृत फेला पारिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जानकारी दिएको छ ।
जेठ ३१ गते देखि हराईरहेका नेपालीको शव असार २ गते खुदी खोलाको तानेको रहमा तैरिएको अबस्थामा लाश फेला पर्नासाथ इलाका प्रहरी कार्यालय बन्दीपुर तनहुँबाट प्र.नि. तिलक बहादुर बमको कमाण्डको टोलीले मुचुल्का पश्चात प्रारम्भिक अनुसन्धान सम्पन्न गरी शव परीक्षण पश्चात मृतकको आफन्तको जिम्मा लगाएको, सो सम्बन्धमा थप अनुसन्धान भईरहेको पनि जिल्ला प्रहरी कार्यालय तनहुँले जानकारी दिएको छ ।








