तनहुँ । तनहुँको व्यासका नगरपालिका वडा नंं १४ घर भई हाल बेलायत निवासी जिल्ला विकास समिति तनहुँका पुर्व सदस्य एवं तत्कालिन गाउँ पंचायतका प्रधानपंच हेम बहादुर थापाले आफ्नो पुर्ख्यौली थलो रुम्सिको बिकास लागि आर्थिक सहयोग गरेका छन् । थापाले आज एक कार्यक्रमका बिच रुम्सिमा उक्त रकम हस्तान्तरण गरेका हुन् । थापाद्धारा रुम्सिको बिकासको लागि रुम्सिमा सक्रिय रहेका संघसंस्थालाई आर्थिक सहयोग गरेका हुन् । उन्ले रुम्सि पम्पिगं खानेपानी उपभोक्ता समितिको लागि १ लाख ५० हजार रुपैया, रुम्सि सामुदायिक होमस्टेको लागि ३० हजार रुपैया र शिवशक्ति आमा समुहको लागि १ लाख रुपैया सहयोग गरेका हुन् । उक्त रकम थापा र उन्की श्रीमती सूवर्ण थापाले हस्तान्तरण गरेका थिए । जेष्ठ नागरिक तथा समाजसेवी भद्र बहादुर थापाको सभापतित्वमा भएको सहयोग रकम हस्तान्तरण कार्यक्रममा व्यास १४ का अध्यक्ष काजिमान श्रेष्ठको पनि उपस्थिति रहेको थियो ।
विदेशमा बसेपनि गाउँको बिकास लागि हेम बहादुर थापा र निजकी श्रीमती सूवर्ण थापाले सहयोग गरेको देख्दा गाउँलेहरु उहाँहरुप्रति आभारी भएको रुम्सि सामुदायिक होमस्टेका अध्यक्ष सन्तोष थापाले बताएका छन ।








