इन्सेकको बन्दीपुरमा असार ६ गते क्षमता विकास कार्यक्रम हुदै

सर्वज्योति
  • ख-
  • ख+

तनहुँ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को बन्दीपुरमा असार ६ गते क्षमता विकास कार्यक्रम हुन गईरहेको छ । गण्डकी प्रदेश सरकार मुख्य मन्त्री तथा मन्त्रीपरिषदको कार्यालय कानुन महाशाखाको आर्थिक सहयोग र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेश कार्यालयको आयोजनामा
तनहुँको बन्दीपुरमा असार ६ गते बिहान ८ बजेबाट मानव अधिकार रक्षकहरुको लागि क्षमता विकास कार्यक्रमको आयोजना गरिएको हो ।
दण्डहीनताको विरोध गरौं, मानव गरिमाको रक्षा गरौं मुल मन्त्रलार्इै अंगिकार गर्दै मानवअधिकार र सामाजिक न्यायका निम्ति लागेको अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लामो समयदेखि नेपालमा मानवअधिकार रक्षाको लागि विभिन्न कार्यहरु गर्दै आईरहेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्