क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल ७ नं ब्यूरोद्वारा भ्रष्टाचार विरोधी अभियान

सर्वज्योति
  • ख-
  • ख+

पोखरा, ५ असार । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल ७ नम्बर क्षेत्रीय ब्युरोले भ्रष्टाचार बिरोधी अभियानको  उद्घाटन गरेको छ । पाेखरामा पत्रकार सम्मेलनसङ्गै अभियानको घाेषणा गरिएकाे हाे ।

घाेषणा कार्यक्रममा प्रमुख अथिति पार्टीका वैकल्पिक पोलिटव्यूराे सदस्य तथा व्यूराेक सेक्रेटरी नारायण अधिकारिले पार्टीको एकता महाधिवेशनले पारित गरेको लाइन अनुरुप अहिले जनसङ्घर्सको चरण सुरु भएको बताएका थिए ।

यो चरणको अवधी पार्टीको सचेत प्रयत्न, नेता कार्यकर्ताकोआत्मगत परिस्थिति र जनताको चेतनाको आधारमा तय हुने बताए। पार्टीले अन्तिममा बल प्रयोगको सिद्धान्तलाई स्वीकार गर्दै शसस्त्र जनबिद्रोह मार्फत नयाँ जनवादी क्रान्ति हुँदै बैज्ञानिक समाजवादमा जाने राजनैतिक कार्यदिशा लिएकाे पनि जानकारी दिए ।

कार्यक्रम पार्टीका केन्द्रीय सदस्य तथा ब्युरो सचिवालय सदस्य आकाश गौतमको अध्यक्षतामा भएको थियाे । कार्यक्रममा स्वागत मन्तव्य केन्द्रीय सदस्य तथा ब्युरो सचिवालय सदस्य बाबुराम सुबेदी र संचालन केन्द्रीय सदस्य तथा सचिवालय सदस्य बिक्रम थापाले गरेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?