धनगढीमा बाहिरबाट ताल्चा लगाएको कोठाभित्र युवतीको शव भेटियो

सर्वज्योति
  • ख-
  • ख+

धनगढी । धनगढीमा एक युवती मृत अवस्थामा फेला परेकी छन् ।
धनगढी उपमहानगरपालिका(२ को बैयाबेहडीमा सोमबार बिहान ३० वर्षीया रेणु चौधरी मृत फेला परेकी हुन् । उनी कञ्चनपुरको पुनर्वास नगरपालिका(११ अमरबस्तीकी रहेको खुलेको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) राजकुमार सिंहका अनुसार मृतक चौधरी त्यहाँ कोठा भाडामा बस्दै आएकी थिइन् ।
कोठाको ढोकामा बाहिरबाट ताल्चा लगाएको अवस्थामा उनी मृत भेटिएको डीएसपी सिंहले जानकारी दिए ।
घटनास्थल सिल गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
खनलाईन खबर

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?