अखिल नेपाल शिक्षक संगठन तनहुँका अध्यक्ष हेमलाल घिमिरेद्वारा शिक्षा क्षेत्रमा बजेट व्यवस्था गर्न माग

सर्वज्योति
  • ख-
  • ख+

तनहुँ । अखिल नेपाल शिक्षक संगठन तनहुँका अध्यक्ष हेमलाल घिमिरेद्वारा शिक्षा क्षेत्रमा बजेट व्यवस्था गर्न माग गरेको छन् । घिमिरेले आगामी वर्षको बजेट विनियोजिनमा अठार बुदे माग गरेका हुन् । उन्ले आफ्नो सामाजिक संजालमा स्थानिय तहले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमा शिक्षामा न्युनतम २० प्रतिशत बजेट विनियोजित गर्नुपर्ने सहित घिमिरेले विभिन्न १८ बुँदे मागहरु पेश गरेका छन् । ति मागहरुमा विद्यालयमा आवश्यकता र औचित्य आधारमा बजेट विनियोजन गरियोस् विद्यार्थी प्रतिभा पहिचानको लागी बजेट प्रबन्ध गरियोस् , विद्यार्थी पढ्दै कमाउदै नीति अवलम्बन गरि बजेटको व्यवस्था गरियोस् , निः शुल्क शिक्षा व्यबहारमा लागू हुने गरि बजेट व्यवस्था गरियोस् , मन्टेश्वरी र विषयगत तालीमको लागी बजेट व्यवस्था गरियोस् , इमान्दार ,मिहिनेती ,लगनशील र आफ्नो विषयमा शत प्रतिशत उत्तीर्ण गराउने ECD शिक्षक,शिक्षक र विद्यालय कर्मचारी सम्मानित हुने वातावरण मिलाइयोस् , विद्यालय कर्मचारी,लेखापाल र कार्यालय सहयोगी र ECD शिक्षक सङ्घीय सरकारले दिदै आएको तलव भत्ता अलवा स्थानीय सरकारले दिदै आएको रकम निरन्तर हुने व्यवस्था मिलाइयोस् , स्थानीय स्तरमा शैक्षिक महोत्सवको लागी बजेटको व्यवस्था गरियोस् , स्थानीय तहले नियुक्ति गरिएका स्वमसेवक शिक्षकको दशै भत्ता र पोशाक व्यवस्था हुने गरि बजेट विनियोजित गरियोस् , मा वि तहमा नर्स र खेलकुद शिक्षक प्रबन्ध हुने व्यवस्था मिलाइयोस् ,वडामा नमूना विद्यालय घोषणा गरि सोही अनुसार बजेट व्यवस्ता गरियोस् , प्र.अ. लाई कम्तिमा रु .५००० भत्ताको व्यवस्था गरियोस् , संस्थागत र सामुदायिक विद्यालयका नीजी शिक्षक श्रम शोषण नहुने प्रबन्ध मिलाइयोस् ,१५० कथित दरबन्दी मिलानको नाममा शिक्षक तथा कर्मचारीलाई हतोत्साहित र निरुत्साहित हुने वातावरण बन्द गरियोस् , स्थानीय पाठ्यक्रम कार्यान्वयन लागी रकम व्यवस्था मिलायोस् भन्ने छन् साथै विद्यार्थीलाई शैक्षिक भ्रमण ,खेलकुद सामग्री र शैक्षिक सामग्री खरिदको रकम व्यवस्था गरियोस् , विद्यालय अनुगमनका लागी आवश्यक बजेट व्यवस्था गरियोस् भन्ने पनि घिमिरेले माग राखेका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?