तनहुँ । तनहुँको व्यास नगरपालिका वडा नंं ५ को कार्यालयद्धारा वडावासीलाई ६ लाख बराबरका सामाग्रीहरु हस्तान्तरण गरेको छ । व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेको आतिथ्यतामा वडा कार्यालयले कृषकहरुका लागि ८० प्रतिशत अनुदानमा ७ थान हाते ट्याक्टर, पानी तान्ने मोटर पाईप, टनेल प्लाष्टिक र पूर्ण अनुदानमा पंंच्बाजा बजाउने समुहका लागि पंचेबाजा सेट, आरनको काम गर्नेका लागि आरनका सामाग्रीहरु वितरण गरेको हो । ति सामाग्रीहरु हस्तान्तरण गर्दै प्रमुख अतिथि न्यौपानेले कृषकहको लागि सहज हुने हिसाबले नगरपालिकाले काम गरिरहेको र वडा नंं ५ ले यसरी कृषकको हितको लागि हाते ट्याक्टर लगायतका सामाग्री र कला र संस्कृति संरक्षणको लागि पंचेबाजा वितरण गरकोमा खुशी लागेको बताएका थिए । कार्यक्रमका सभापति एवं वडा अध्यक्ष बिष्णुकुकमार श्रेष्ठ हिमालले वडा कार्यालय अझै विभिन्न कार्यक्रमहरु ल्याउने योजनामा रहेको बताएका थिए । वडा सदस्य केशरी थापाले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रममा वडा सदस्यहरु सुन्दर वाग्ले, खिम बहादुर थापा लगायतका महानुभावहरुको उपस्थिति रहेको थियो । कार्यक्रम वडा सचिव विश्वनाथ पौडेलले संचालन गरेका थिए ।








