तनहुँ । कलेजो तथा आन्द्रामा घाउँ भई अस्पातलाको बेडमा भएका व्यास नगरपालिका वडा नं. २ निवासी महेन्द्र रिजाललाई नेकपा एमाले व्यास नगर कमिटिले आर्थिक सहयोग गरेको छ । नेकपा एमाले व्यास नगर कमिटिका अध्यक्ष तुलसीराम पाण्डेको अगुवाईमा गएको नेकपा एमालेका नेता तथा कार्यकर्ताको टोलीले रिजालकी श्रीमतीलाई सहयोग रकम पचास हजार पाँच रुपैया हस्तान्तरण गरेको हो ।
नेकपा एमाले व्यास नगरपालिका २ नम्बर वडा कमिटीका पूर्व अध्यक्ष महेन्द्र रिजाल गम्भीर बिरामी भई उपचारको क्रममा चरक हस्पिटल पोखरामा उपचाररत रहेकोले हामी साथीभाईहरु मिलेर आर्थिक सहयोग गरेको नेकपा एमाले व्यास नगर कमिटिका अध्यक्ष तुलसीराम पाण्डेले बताएका छन् ।
कलेजो तथा आन्द्रामा घाउँ भई पोखरामा उपचाररत रिजालको आज अप्रेशन भएको छ ।








