पत्रकार शर्मिला वि. क.लाई प्रतिष्ठानको सम्मान

सर्वज्योति
  • ख-
  • ख+

तनहुँ । कृष्णमाया स्मृति प्रतिष्ठानले पत्रकार शर्मिला विकलाई सम्मान गरेको छ । दलित समुदाय र महिलाहरुको विकासमा सञ्चारमाध्यमबाट महत्वपूर्ण भूमिका खेलेको भन्दै शनिबार प्रष्ठिानले पत्रकार विकलाई सम्मान गरेको हो ।
राष्ट्रिय दलित पत्रकार संघ तनहुँसँग समन्वय गरेर प्रतिष्ठानले विकलाई सम्मान गरेको प्रतिष्ठानका संस्थापक सालिकराम सुनारले जानकारी दिनुभयो । उहाँले आफ्नो आमाको नामबाट स्थापना गरेको प्रतिष्ठानले अब प्रत्येक बर्ष दलित समुदायको न्याय र विकासको पक्षमा कलम चलाउने एक जना पत्रकारलाई सम्मान गर्ने समेत बताउनुभयो ।
संस्थापक सुनारले अध्ययन गरेको जय नेपाल आधारभूत विद्यालय राङरुङमा आयोजना गरिएको शैक्षिक वितरण तथा पत्रकार सम्मान कार्यक्रम मार्फत विकलाई नगद पाँच हजार पाँच रुपैयाँ राशी सहित सम्मानद्धारा सम्मान गरिएको थियो । सम्मानित पत्रकार विक तनहुँको डुम्रेमा रहेको रेडियो छिम्केश्वरीमा समाचार बाचक, कार्यक्रम प्रस्तोता र उत्पादकको रुपमा कार्यरत रहनुभएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्