नेपाल तरूण दलको महाधिवेशन आगामी मंसिर २६ देखि २८ गतेसम्म गर्ने नेपाली कांग्रेसको निर्णय

सर्वज्योति
  • ख-
  • ख+

काठमाडौं । नेपाली कांग्रेसले नेपाल तरूण दलको महाधिवेशन आगामी मंसिर २६ गतेदेखि २८ गतेसम्म गर्ने निर्णय गरेको छ ।
केन्द्रीय समितिको बैठकले महाधिवेशन निर्देशन समितिको प्रस्ताव अनुरुप तोकिएको समयमा अनिवार्य महाधिवेशन सम्पन्न गर्ने निर्णय गरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए ।
महाधिवेशनसम्मका लागि केन्द्रीय समितिको पदावधि थप गर्ने एवं तयारी र व्यवस्थापन सहजीकरणका लागि नेपाल तरूण दलको मौजुदा कार्यसमिति भित्रैबाट सानो व्यवस्थापन समिति बनाउने निर्णय गरेको उनले बताए ।
महाधिवेशन सम्पन्न गर्न निर्देशन समितिलाई पार्टीको तर्फबाट सम्पूर्ण जिम्मेवारी प्रदान गरिएको छ ।
बैठकमा पेश भएका विभिन्न प्रस्तावहरूमा नेताहरूले धारणा राख्ने क्रम जार छ । अब बैठक असार १९ गते दिउँसो १२ः३० मा पार्टी केन्द्रीय कार्यालयमा पुनः बस्नेछ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्