तनहुँ । तनहुँको व्यास नगरपालिका वडा नं. १० डिहिगाउँको सतिस ईग्लिस् सेकेण्डरी बोर्डिगं स्कुल SEE २०८१ मा व्यास नगरपालिकामा प्रथम हुन सफल भएको छ । SEE Results 2081 अन्तर्गत व्यास नगरपालिकाको आधिकारिक अन्तिम सुचना अनुसार हरेक आधारमा सतिस ईग्लिस् सेकेण्डरी बोर्डिगं स्कुल व्यास नगरपालिका प्रथम हुन सफल भएको हो । 100% उतिर्ण र सबै भन्दा भन्दा बढी उर्तिण औसत GPA को आधारमा सतिस बोर्डिगं स्कुलले नगरपालिकामै उच्चतम Average GPA 3.37 प्राप्त गरि व्यास प्रथम हुन सफल भएको विद्यालयले जानकारी दिएको छ । त्यसैगरि व्यास नगरपालिकाभरिमा प्रथम भएको अवसरमा विद्यालले सम्मान कार्यक्रमको आयोजना गरि .उर्तिण विद्यार्थीहरुलाई सम्मान गरेको छ । स्कुलका संस्थापक र प्रिन्सिपल दिर्घ बहादुर दरैको कार्यक्रममा यस बर्षको उत्कृष्ट अंक ल्याई स्कुललाई व्यासमा प्रथम बनाउन विद्यार्थी तथा शिक्षकहरुलाई सम्मान गरिएको थियो ।
उक्त अवसरमा स्कुलका संस्थापक प्रिन्सिपल दिर्घबहादुर दरैले स्कुलको गर्बिलो ईतिहास कायम राख्दै पुनः नगरपालिका र जिल्लामै उत्कृष्ट नतिजा प्रदान गरेकोले अझै मेहनत गर्न हौसला मिलेको बताएका थिए । कार्यक्रममा बिद्यार्थीहरुको तर्फबाट बोल्दै दिपा परियारले स्कुलको पारिवारिक वातावरण र शिक्षकहरुको महत्वपूर्ण सहयोगले राम्रो नतिजा ल्याउन सफल भएको भनाई व्यक्त गरेकी थिईन् । कार्यक्रमको संचालन सह शैक्षिक बिभाग प्रमुख बिनोद रखाली मगरले गरेका थिए ।
100% उतिर्ण र सबै भन्दा भन्दा बढी उतिर्ण औसत GPA को आधारमा सतिस ईग्लिस् सेकेण्डरी बोर्डिगं स्कुलले नगरपालिकामै उच्चतम Average GPA 3.37 प्राप्त गरि व्यास प्रथम हुन सफल भएको छ ।








