व्यास १० डिहिगाउँको सतिस अङ्ग्रेजी आवासीय मा. बि. मा फुड फेस्टिभल सम्पन्न

सर्वज्योति
  • ख-
  • ख+

तनहुँ । तनहुँको व्यास वडा नं. १० डिहिगाउँ, शान्तिनरगरमा रहेको सतिस अङ्ग्रेजी आवासीय माध्यमिक विद्यालय मा तिहारको अवसरमा फुड फेस्टिभल, देउसी–भैलो, सांस्कृतिक कार्यक्रम तथा दुना–टपरी निर्माण कार्यशाला सम्पन्न भएको छ। विद्यालयको सह–शैक्षिक विभागद्वारा आयोजित उक्त कार्यक्रमले विद्यार्थीहरूमा संस्कृति, सीप र सिर्जनशीलताको महत्त्वबारे व्यावहारिक रूपमा सिक्ने अवसर प्रदान गरेको छ।
सह–शैक्षिक विभाग प्रमुख बिनोद रखाली मगरको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथिका रूपमा विद्यालयका प्राचार्य दिर्घ बहादुर दरै रहेका थिए । भने विशेष अतिथिका रूपमा शैक्षिक विभाग प्रमुख महेश थापाको उपस्थित रहेको थियो ।
विद्यालयका प्राचार्य दरैका अनुसार, “शिक्षा केवल पुस्तकमा सीमित हुन नहुने, यस किसिमका कार्यक्रमहरूले विद्यार्थीहरूलाई व्यवहारिक सीप र सांस्कृतिक मूल्यसँग जोड्ने अवसर प्रदान गर्छ।” सह–शैक्षिक विभाग प्रमुख रखालीले पनि विद्यार्थीहरूको सक्रियता र रचनात्मकता प्रति प्रसंशा गर्दै आगामी दिनमा पनि यस्ता गतिविधिहरू निरन्तर गरिने बताएका छन्।
कार्यक्रमको क्रममा विद्यार्थीहरूले आफैंले तयार पारेका तिहारका परिकारहरू—सेलरोटी, आलु–तरकारी, च्याउको मःम जस्ता परम्परागत खाद्य सामग्रीहरू प्रदर्शन गरेका थिए। साथै, तिहारको विशेषता झल्काउने देउसी–भैलो, नृत्य, गीत, तथा रंगोली प्रदर्शन जस्ता विविध सांस्कृतिक कार्यक्रमले सम्पूर्ण विद्यालय वातावरणलाई उत्सवमय बनाएको थियो।
विद्यार्थीहरूलाई व्यावहारिक सीप सिकाउने उद्देश्यका साथ सलको पात प्रयोग गरी दुना–टपरी बनाउने तालिम पनि प्रदान गरिएको थियो। उक्त कार्यशालाले विद्यार्थीहरूलाई वातावरणमैत्री प्रयोग र स्थानीय स्रोतहरूको उपयोगबारे सचेत बनाएको विद्यालय प्रशासनले जनाएको छ।
कार्यक्रमको सञ्चालन शिक्षक बिबेक कोइरालाले गरेका थिए। विद्यालयका शिक्षक, अभिभावक र विद्यार्थीहरूको उल्लेखनीय उपस्थितिका बीच सम्पन्न उक्त कार्यक्रमले विद्यालयलाई संस्कृति, सिर्जनशीलता र सीपमूलक शिक्षाको केन्द्रको रूपमा थप सुदृढ बनाएको सह–शैक्षिक विभागले जनाएको छ।
कार्यक्रममा अतिथिहरूले विद्यार्थीहरूको उत्साह, सिप र सांस्कृतिक प्रस्तुतीको प्रशंसा गर्दै यस्ता गतिविधिहरूले विद्यार्थीहरूमा नेतृत्व, आत्मविश्वास र परम्पराप्रतिको सम्मानको भावना विकास गर्न सहयोग पुर्‍याउने बताएका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?