इलाका प्रहरी कार्यालय आँबुखैरेनी सम्मानित

सर्वज्योति
  • ख-
  • ख+

तनहुँ । तनहुँको इलाका प्रहरी कार्यालय आँबुखैरेनी सम्मानित भएको छ । आँबुखैरेनी गाउँपालिकाको शान्ति सुरक्षा, अपराध नियन्त्रण तथा नागरिक स्तरमा सचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्दै समाजमा शान्ति सुरक्षा, विश्वास र सहकार्यको वातावरण निर्माण गरेकोले आँबुखैरेनी गाउँपालिका इलाका प्रहरी कार्यालय आँबुखैरेनीलाई सम्मान गरेको हो । पालिकाले  प्रहरीले निर्वाह गरेको भूमिकालाई उच्च सम्मान गर्दै कार्यालय प्रमुख एवं प्रहरी निरीक्षक टेक प्रसाद सुवेदीलाई सम्मान गरेको हो । एसईई २०८१ मा गाउँपालिकामा उत्कृष्ट नतिजा ल्याउन सफल भएको अवसरमा शिक्षक तथा बिद्यार्थीलाई सम्मान गर्न आयोजित कार्यक्रममा गाउँपालिकाका अध्यक्ष शुक्र चुमान, उपाध्यक्ष दुर्गा अर्याल , प्रमुख प्रशासकीय अधिकृत बिष्णु प्रसाद शर्माले सुवेदीलाई सम्मान गरेका हुन् ।

समाजमा शान्ति, स्थायित्व र सहकार्यको वातावरण बनाउन आगामी दिनहरूमा पनि आम आँबुखैरेनी जनताको भरोसालाई टुट्न नदिन प्रभावकारी सुरक्षा, अपराध नियन्त्रण र सचेतनामूलक कार्यक्रमलाई विस्तृत रुपमा लैजाने र समन्वय, सहकार्य र साझा प्रयास मार्फत अघि बढ्ने इलाका प्रहरी कार्यालय आँबुखैरेनीका प्रमुख एवं प्रहरी निरीक्षक टेक प्रसाद सुवेदीले प्रतिबद्धता व्यक्त गरेका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्