तनहुँ । सुरक्षित आप्रवासन (सामी) कार्यक्रमले तनहुँमा पत्रकारहरुसग अन्तर्क्रिया कार्यक्रमको आयोजना गरेको छ । व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेको सभापतित्वमा उक्त कार्यक्रम भएको थियो । उक्त अवसरमा नगर प्रमुख न्यौपाने अहिलेको समयमा घर घरबाट मानिसहरु विदेश जाने क्रम चलिरहेको र दलालहरुको गलत कामका कारण पिडितहरु बढ्ने क्रम रहेको हुनाले सुरक्षित आप्रवासन (सामी) कार्यक्रमले व्यास नगरपालिकामा गरेका कामहरुले धेरै फाईदा पुगेको बताएका थिए । कार्यक्रममा सुरक्षित आप्रवासन (सामी) कार्यक्रम तनहुँकी संयोजक लुना रानाले सामीले मनोसामाजिक परामर्श, वित्तिय सारक्षरता, न्यायमा पहुँच लगायत विभिन्न बिषयमा काम गरेको जानकारी दिएकी थिईन । उक्त अवसरमा जिल्ला संयोजक रानाले सामीबाट विभिन्न सेवा पाएपछि वैदेशिक रोजगारमा जाने, बैदेशिक रोजगारबाट फर्कने र वैदेशिक रोजगारीका क्रमा पिडित भएकालाई धेरै राहत भएको बताएकी थिईन् । उक्त अवसरमा रानाले मनोसामाजिक परामर्शबाट धेरै मानिसको जिवन रक्षा गर्न सफल भएको र वित्तिय साक्षरताबाट आयआर्यन, बचत लगायतका कुराहरुमा वैदेशिक रोजगार जाने र निजका परिवारलाई सचेत बनाउन सकिएको र यसबाट धेरै घरपरिवार लाभांवित भएको बताएकी थिईन् । व्यास नगरपालिकाका वरिष्ठ प्रशासकीय अधिकृत राजेन्द्र कार्कीले संचालन गरेको कार्यक्रममा व्यास नगरपालिकाकी उपप्रमुख ईन्दिरा दरै, नेपाल पत्रकार महासंघ तनहुँका अध्यक्ष डिपि अधिकारी लगायतका महानुभावहरुको उपस्थिति रहेको थियो । उक्त अवसरमा जिल्ला प्रशासन कार्यालय तनहुँमा रहेको आप्रवासी स्रोत केन्द्र सहायता कक्षकी परामर्शकर्ता गोमा तिवारीले सामीको परामर्शबाट धेरै मानिसहरुको वैदेशिक रोजगारको यात्रा सहज भएको त्यहाँबाट फर्केका र पिडितहरुसग अनुभव बुझेको बताएकी थिईन् ।
सुरक्षित आप्रवासन (सामी) कार्यक्रमको जिल्ला प्रशासन कार्यालय तनहुँमा रहेको आप्रवासी स्रोत केन्द्र सहायता कक्षबाट यस आर्थिक बर्षमा ११ हजार ६ सय ८६ जनाले सूचना तथा परामर्श लिएको र सामीको निः शुल्क कानुनी परामर्श सहायताबाट आर्थिक बर्ष ०८१।०८२ मा बैदेशिक रोजगारीमा ठगिमा परेका, मृत्यु भएका, स्वास्थ्य सम्बन्धि समस्या भएका लगायतका अनेकन समस्या परेका व्यक्तिहरुले ७ करोड २२ लाख रुपैयाभन्दा बढि रकम क्षतिपुर्ति स्वरुप प्राप्त गरेका छन् ।
तनहुँमा सुरक्षित आप्रवासन (सामी) कार्यक्रम २०७६ सालबाट शुरु भएकोमा हालसम्म ८ बटा पालिकामा लागु भईसकेको र आउँदो आर्थिक बर्षबाट आँबुखैरनी र रिसिगंमा पनि लागु हुनेछ ।
श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय तथा प्रदेश सुरकार तथा स्थानिय सरकाको नेतृत्वमा संचालन भईरहेको छ । कार्यक्रमलाई प्राविधिक सहयोग हेल्भटास् नेपाल गरेको छ ।








