भूकम्प पीडितको टहरामा ढुंगा खस्दा दिदी–बहिनीको मृत्यु

सर्वज्योति
  • ख-
  • ख+

सुर्खेत । जाजरकोटको कुशे गाउँपालिका–३ तर्पेनामा टहरामा सुतिरहेका एकै घरका दिदी(बहिनीको भिरमाथिबाट खसेको ढुङ्गा लागेर मृत्यु भएको छ ।
मृत्यु हुनेमा नरबहादुर बुढाका छोरीहरु १८ वर्षीया शर्मिला र १४ वर्षीया चमेली रहेको वडाध्यक्ष वीरबहादुर बुढाले जानकारी दिए ।
बाख्रा हेरचाहका लागि भूकम्पपीडितका लागि निर्माण भएको अस्थायी टहरामा सुतिरहेका थिए । राति ९ बजेतिर भिर माथिबाट ढुङ्गा खसेर लाग्दा दुवै जनाको घटनास्थलमै मृत्यु भएको वडाध्यक्ष बुढाले जानकारी दिए ।
प्रहरीसमेत घटनास्थलमा पुगेर अनुसन्धान गरिरहेको छ ।
अनलाईन खबर

 

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्