तनहुँ । नेपाल वन पैदावार उद्योग व्यवसायी संघ तनहुँको आयोजनामा भानु ७ मा रहेको थानिमाइ मन्दिर परिसरमा वृक्षारोपण गरिएको छ । संघले हरिबोधनी एकादशीको अबसर पारेर भानु नगरपालिका वडा नम्बर ७ मा रहेको प्रसिद्ध धार्मिक स्थल थानिमाइ मन्दिर परिसरमा वृक्षारोपण गरेको हो । डिभिजन बन कार्यालय तनहुँका अधिकृत काशीराज पण्डितको प्रमसख आतिथ्यतामा भएको वृक्षारोपण कार्यक्रममा लिचि, आँप लयागतका ३ सय विरुवा रोपिएको छ ।
संघका अध्यक्ष दिपबहादुर श्रेष्ठको अध्यक्षतामा भएको उक्त कार्यक्रममा थानीमाइ मन्दिर व्यवस्थापन समितिका अध्यक्ष जीवन थापा मगर , नेपाल पत्रकार महासंघ तनहुँका अध्यक्ष डिपी अधिकारी लगायतका महानुभावहरुले बोलेका थिए ।








