नयाँ लिफ्टीङ्ग नयाँ योजना संचालन भएपछि दमौलीमा खानेपानी अभाव नहुने दाबि

सर्वज्योति
  • ख-
  • ख+

तनहुँ । नयाँ लिफ्टीङ्ग नयाँ योजना संचालन भएपछि दमौलीमा खानेपानी अभाव नहुने दमौली खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले दाबि गरेको छ । व्यास नगरपालिका ४ स्थित दमौली खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको मादी नदी लिफ्टीङ्ग योजनाको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । व्यास नगरपालिका वडा नं २, ३ र ४ मा गरी तीन हजार आठ सय चौवालिस धारा जडान गरी पानी वितरण गर्दै आएको यस संस्थाले नयाँ योजना सम्पन्नपछि खानेपानी समस्याको अन्त्य हुने भएको छ ।
यही असार २ गते योजना सम्पन्न गर्ने गरी गर्ने सिएबीजीएफन जेभी सुर्खेतले निर्माण कार्य थालेपनि कामदारका ढिलासुस्तीका कारण केही समय ढिलाई हुन गएको हो ।
विद्युत टान्समिटर जडान कार्य सम्पन्न गरिसकेपनि मिटर जडान लगायतका कार्य बाँकी रहेकाले अहिले निरन्तर भइरहेको संस्थाका अध्यक्ष बुद्धिमान श्रेष्ठले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो “पाइप विस्तार लगायतका सबै कार्य सकिएको छ,संम्भवत यही असारमहिना भित्र पानी सुचारु गरी वितरण गर्ने लक्ष्य लिइएको छ ।”
योजनाको निर्माण कार्य अन्तिम चरणमा रहेको छ,उहाँले भन्नुभयो “नयाँ योजना सुचारु गर्न थालेपछि यसअघि चार घण्टा पानी वितरण गर्दै आएकोम आउँदा दिनमा कम्तीमा आठ घण्टा दिन सकिन्छ ।”
रु।दुई करोडमा टेण्डर भई उक्त खानेपानी योजनाको निर्माण कार्य अघि बढाइएको थियो । खानेपानी तथा ढल व्यवस्थापन विभागको ७० प्रतिशत र खानेपानी संस्थाको ३० प्रतिशत लगानी रहेको छ । मादीनदीको सतहदेखि छ मिटर तल सम्पवेल निर्माण गरिएको छ । संस्थाले हाल ४१ हर्षपावरका तीन वटा मोटरबाट पानी तानेर संकलन गरी वितरण गर्दै आएको छ ।
हाल प्रतिसेकेण्ड ५० लिटर पानीको क्षमता रहेको छ । बिहान र बेलुका गरी दैनिक ३२ लाख लिटर पानी खपत हुने गरेको सो संस्थाले जनाएको छ । नयाँ योजनाबाट कम्तीमा दश लाख लिटर पानी थप हुने अपेक्षा गरिएको छ । दमौलीबासीले विगतमा खानेपानी भोग्नुपरेको कठिनाईको अब आउँदा दिनमा अन्त्य हुनेछ,उहाँले भन्नुभयो ।
म्याग्दे गाउँपालिका वडा नं १ गुणादी मुहानबाट चार इन्चको पानी ल्याइएको छ । संस्थाले रेखदेख र सरसफाई लगायतमा बार्षिक एक लाख रुपैया बुझाउने गरेको अध्यक्ष श्रेष्ठले बताउनुभयो ।
उक्त संस्थाले मासिक बत्ती महसुलमा रु।चार लाख, नगर विकास कोषबाट लिएको ऋणको किस्ता र व्याजमा दश लाख,रुपैया कर्मचारी तलब रु।पाँच लाख र मर्मतसंम्भार लगायतमा खर्च हुने गरेको छ । संस्थाले यसअघि नगर विकास कोषबाट रु।१३ करोड ऋण लिएर बजार क्षेत्रमा खानेपानी आपूर्ति गर्दै आएको छ । पुरानो ऋणमध्ये अझै रु।पाँच करोड ६८ लाख दशहजार छ सय बयासी तिर्न बाकी रहेको सो संस्थाले जनाएको छ ।

जनचाहाना

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्