पोखरा । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल ७ नम्बर क्षेत्रीय ब्युरोले पार्टीका पूर्व नेता श्रीनाथ अधिकारी (श्याम) को आइतबार छैटौं बार्षिक स्मृति दिवस कार्यक्रम सम्पन्न गरेको छ । पोखरा सिर्जनाचोकस्थित पार्टीको ब्युरो कार्यालयमा सम्पन्न कार्यक्रमा नेता श्यामले नेपालको कम्युनिस्ट आन्दोलनमा पुर्याउनु भएको योगदानको विशेष चर्चा गरियो ।
६ वर्ष अगाडि असार २२ गते ललितपुरमा उपचारकाे क्रममा उहाँकाे भएको थियो । उहाँले अवलम्बन गर्दै आउनु भएको क्रान्तिकारी विचार र निष्ठाको राजनीति, त्याग र आदर्शलाई सबैले पछ्याउनुपर्ने कुरामा कार्यक्रममा बोल्ने सबै वक्ताहरूले जोड दिंदै अधिकारीप्रति उच्च सम्मानका साथ हार्दिक श्रद्धाञ्जली व्यक्त गरेका थिए ।
क्रान्तिकारी संयुक्त मोर्चाका केन्द्रीय सदस्य मानबहादुर थापा, माओवादी दन्द्धकाे क्रममा वेपत्ता भएका वेपत्ता विद्दार्थी नेता पूर्ण पौडेलकी आमा मोतिमाया पौडेल, सहिद परिवारजन शिव खनाल, वरिष्ठ वाम बुद्धिजीवीहरू रामराज रेग्मी, झलकपाणि तिवारी, शेषमणी आचार्य, शिवबहादुर बराल, नेपाल कम्युनिस्ट पार्टीकी पोलिटब्युरो सदस्य आस्था सीलगायत नेताहरूले श्यामका बारेमा आफ्ना भनाइ राखेका थिए ।
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका ७ नम्बर क्षेत्रीय ब्युरो सचिव एवम् श्यामका जेठा छोरा नारायण अधिकारीको अध्यक्षतामा सम्पन्न उक्त स्मृति दिवस कार्यक्रमकाे प्रमुख अतिथि पार्टीका केन्द्रीय सल्लाहकार समिति सदस्य रामजी थापा थिए । अन्य अतिथिहरूमा पार्टीका पोलिट्ब्युरो सदस्य केश बहादुर परियार, केन्द्रीय सल्लाहकार समिति सदस्य पूर्ण ढुङ्गाना, केन्द्रीय सदस्य भिम श्रीस, मिना लक्ष्मी शर्मा, दिपक गुरुङ थिए ।
सो अवसरमा नेकपा (माओवादी केन्द्र ) का नेताहरू हरिराज अधिकारी, राजकाजी गुरुङ, नेत्रनाथ अधिकारी, बिनय थापा, जनकराज पराजुली, किरण थापा, तिर्थ लुईँटेल, प्रगतिशील साहित्यकारहरू भिम रानाभाट, नारायण मरासिनी, सांस्कृतिक रुपान्तरण अभियान पोखरा कास्कीका अभियान यात्री सन्तबहादुर घिसिङलगायतकाे उपस्थिति रहेकाे जनाइएकाे छ ।
कार्यक्रमको स्वागत मन्तव्यका साथमा श्रीनाथ अधिकारीको सङ्क्षिप्त जिवनी उहाँकै बुहारी एवम् पार्टी केन्द्रीय सदस्य सुशीला थापाले राखेकी थिइन् । कार्यक्रमको सञ्चालन पार्टी केन्द्रीय सदस्य तथा कास्की जिल्ला सेक्रेटरी बिक्रम थापाले गरेका थिए ।








