ससुराको हत्या गरी फरार भएका ज्वाइँ पक्राउ

सर्वज्योति
  • ख-
  • ख+

जनकपुरधाम । जनकपुरमा आफ्नै ससुराको हत्या गरेर फरार भएका ज्वाइँलाई प्रहरीले पक्राउ गरेको छ ।
गत असार १८ गते बिहान जनकपुरधाम उपमहानगरपालिका–१५ कुवारामपुर बस्ने ६५ वर्षीय बासुदेवप्रसाद साह विमलको हत्या उनकै ज्वाइँ जनकपुरधाम(२१ कुर्थाका ४८ वर्षीय बेचन महासेठलाई पक्राउ गरेको हो ।
घटनाको एकसातापछि मंगलबार धनुषाको जनकनन्दनी गाउँपालिकास्थित रेल्वे स्टेशनबाट महासेठलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक ९एसपी० नरहरि रेग्मीले जानकारी दिए ।
महासेठलाई छुरासहित आज जिल्ला प्रहरी कार्यालय धनुषाले सार्वजनिक गरेको छ ।
एसपी रेग्मीका अनुसार महासेठले घरसायी विवादमा ससुराको पेटमा चारपट छुरा प्रहार गरेका थिए । मृतक बासुदेव जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज साहका काका हुन् ।
पक्राउ परेका महासेठमाथि कर्तव्य ज्यान मुद्दामा थप अनुसन्धान गरिने प्रहरीले जनाएको छ ।
अनलाईन खबर

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्