तनहुँको भादगाउँमा खुकुरी प्रहार, एक जना घाइते

सर्वज्योति
  • ख-
  • ख+

तनहुँतनहुँ जिल्लाको व्यास नगरपालिका वडा नं. भादगाउँमा खुकुरी प्रहारको घटनामा एक जना व्यक्ति घाइते भएका छन्।

स्थानीय १९ वर्षीय बिशाल मल्ल ठकुरीले ५६ वर्षीय सिद्धबहादुर ठकुरीमाथि खुकुरी प्रहार गर्दा घाइते भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ। उनीहरूबीच आपसी विवादका क्रममा झगडा भएको त्यसक्रममा बिशालले खुकुरी प्रहार गरेका हुन्।

घाइते सिद्धबहादुर ठकुरीको उपचार भइरहेको भने घटनापछि बिशाल मल्ल ठकुरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थपअनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी अशोक थापाले जानकारी दिनुभयो।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्