तनहुँ । तनहुँको आँबुखैरेनीमा नियन्त्रित लागु औषध सहित २ जना महिला पक्राउ परेका छन् । २८ गतेका दिन तनहुँको आँबुखैरेनी गाउँपालिका वडा नं. ४ बेनिटार स्थित पृथ्वी राजमार्ग सडक-खण्डमा प्रहरी टोलिले सवारी साधनहरु तथा पैदल यात्रीहरुलाई चेकजाँच गर्ने क्रममा २ महिला पक्राउ परेका हुन् । पक्राउ पर्नेहरुमा रुपन्देही जिल्ला साविक पटखौली गा. वि. स. वडा नं. ४ हाल कायम ओमसतिया गा.पा. वडा नं. ५ बस्ने ३५ बर्षीय मालती लोध र उक्त स्थानकै ५० बर्षी शिला हरिजन रहेका छन् । निजहरुले कालो रंगको पछाडी भिर्ने झोला भित्र लुकाई छिपाई ल्याएको अवस्थामा Diazepam-८६६ एम्पुल, Phenergan-८६६ एम्पुल, Buprenorphine-८६६ एम्पुल गरी जम्मा २,५९८ एम्पुल नियन्त्रित लागु औषध सहित निजहरुलाई पक्राउ गरी थप अनुसन्धान कार्य भईरहेको छ।








