मानव अधिकार एलायन्स तनहुँद्वारा परासर आश्रममा फलफूल तथा खाद्यान्न वितरण

सर्वज्योति
  • ख-
  • ख+

असार २९

राष्ट्रिय मानव अधिकार तथा सामाजिक न्याय मञ्च (मानव अधिकार एलायन्स) जिल्ला समिति तनहुँले २६औं स्थापना दिवसकोअवसरमा ब्यास नगरपालिका मा अवस्थित परासर आश्रममा फलफूल तथा चिनिचियापति वितरण गरेको छ।

स्थापना दिवस कार्यक्रमका प्रमुख अतिथि नेकपा एमाले उद्योग व्यवसाय विभाग गण्डकी प्रदेश सदस्य ताराराम श्रेष्ठ थिए। कार्यक्रमकाविशिष्ट अतिथि परोपकार महासंघका जेष्ठ नागरिक अध्यक्ष तारानाथ घिमिरे रहेका थिए।

अन्य अतिथिहरूमा मुस्लिम इतिहास संगठन तनहुँका जिल्ला अध्यक्ष रम्जाम अली, समाजसेवी हरिशचन्द्र कार्की, माधव अधिकारी, मनोज सुवर्णकार, अर्जुन खड्का, राजकुमार सन्जेल, तैयब खान, पत्रकार मदन तिमल्सेना लगायतको उपस्थिति रहेको थियो।

कार्यक्रममा सहभागी अतिथिहरूको हातबाट आश्रममा रहेका जेष्ठ नागरिकलाई फलफूल खाद्यान्न सामग्री हस्तान्तरण गरिएको थियो।

मानव अधिकार एलायन्स तनहूँका अध्यक्ष कविराज श्रेष्ठले मानव अधिकार एलायन्स विगत २६ वर्षदेखि मानव अधिकार संरक्षण, सामाजिक सेवा न्यायको प्रवर्द्धनमा योगदान दिँदै आएको बताउनु भयो

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्