भिमाद ३ ले वडा कै बजेटबाट बनायो ४० लाखको पुल

सर्वज्योति
  • ख-
  • ख+

तनहुँ । तनहुँको भिमाद नगरपालिका वडा नं. ३ को बुडुवा खोलामा मा ३० लाखको ट्रस पुल निर्माण भएको छ । २ मिटर चौडाई रहेको उक्त पुलको भिमाद नगरपालिकाका प्रमुख दधिराज सुवेदी र उपप्रमुख शारदा खनालले उद्घाटन गरेका हुन् । वडा कार्यालयले आ. ब. २०८१।८२ को ४० लाख बजेट खर्च गरि भिमादका अन्य स्थानबाट शहरतिर आउन र वडा कार्यालयमा सेवा लिन आउनेहरुको सहजताका लागि उक्त पुल निर्माण गरिएको हो । ”खेक्रेटार कुमालगाउँका जनता घाँस दाउरा बन जंगल खेतीपाति गर्न जानको लागि अत्यावश्यक रहेको पुल वडाकै बजेटबाट निर्माण गर्न पाउदा अत्यन्तै खुशी लागेको” वडा नं. ३ का अध्यक्ष एवं भिमाद नगरपालिकाका प्रवक्ता पदमराज सेन ठकुरीले बताएका छन् । ”दुई मोटरसाईकल एकैचोटी ओहोरदोहोर गर्न सक्ने, टेम्पो समेत सजिल्यै पार हुने २८ मिटर लामो उक्त पुल पालिकाको पहिलो लामो पुल भएको” पनि वडाअध्यक्ष ठकुरीले जानकारी दिएका छन् । आस्था निर्माण सेवा सुनसरीले टेण्डर प्रकृया मार्फत उक्त पुल निर्माण भएपश्चात आवतजावतमा धेरै सहज हुने स्थानियको भनाई रहेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?