तनहुँ, असार ३१ ।
नेपाल शिक्षक महासङ्घ तनहुँले हालै मात्र तनहुँ जिल्लामा सरुवा भई कार्यभार सम्हालेका शिक्षा विकास तथा समन्वय इकाइका प्रमुखकृष्ण प्रसाद श्रेष्ठलाई स्वागत तथा परिचय कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रम असार ३१ गते शिक्षा समन्वय इकाइको कार्यालयमा आयोजित गरिएको हो।
शिक्षक महासङ्घ तनहुँका अध्यक्ष चन्द्रमणि कोइरालाको सभापतित्वमा सम्पन्न कार्यक्रममा इकाइ प्रमुख श्रेष्ठसहित विभिन्न पालिकाका शिक्षा शाखा प्रमुख तथा प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रममा शाखा अधिकृत भरत बराल, भिमादका उपसचिव सन्दिप पौडेल, बन्दीपुरका अधिकृत भीमप्रसाद लामिछाने, आबुका शाखा अधिकृत निर्मला कुँवर, देवघाटका होमनाथ लामिछाने, शुक्लागण्डकी नगरपालिकाका शिक्षा शाखा अधिकृत सुशील नराल लगायतको सहभागिता रहेको थियो।
कार्यक्रममा महासङ्घका निवर्तमान अध्यक्ष रामचन्द्र पोखरेलले स्वागत मन्तव्य एवं विषय प्रवेश गराउनुभएको थियो। सहभागिहरूले इकाइ प्रमुख श्रेष्ठलाई हार्दिक स्वागत गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए।
स्वागत मन्तव्यका क्रममा इकाइ प्रमुख कृष्णप्रसाद श्रेष्ठले शिक्षक संघ, संगठन तथा महासङ्घसँग सहकार्य गर्दै जिल्लामा गुणस्तरीय शिक्षा प्रवाह गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले शिक्षकहरूको हक, अधिकार सुनिश्चित गर्दै सबै सरोकारवालासँग समन्वयमा कार्यक्रम अघि बढाउने बताउनुभयो।
कार्यक्रममा महासङ्घ तनहुँका अध्यक्ष कोइरालाले जिल्लाका अधिकांश पालिकामा महासङ्घ गठन भइसकेको हुँदा पालिका शिक्षा शाखाले महासङ्घसँग समन्वय गरी कार्यक्रम सञ्चालन गर्न अनुरोध गर्नुभयो।
कार्यक्रममा शिक्षक महासङ्घका उपाध्यक्ष राजेन्द्र भण्डारी, शिक्षक संघ तनहुँका उपाध्यक्ष अशोकचन्द्र वाग्ले, लक्ष्मी मल्ल, महासङ्घका सचिव नरेन्द्र न्यौपाने, अखिल नेपाल शिक्षक संगठन तनहुँका अध्यक्ष हेमलाल घिमिरे, व्यास नगर अध्यक्ष इन्द्रप्रसादपौडेल, भानुका अध्यक्ष उपेन्द्र बिष्ट, शुक्लाका अध्यक्ष बिमल सिग्देल, म्याग्देका अध्यक्ष हरिश्चन्द्र घिमिरे, आबुका अध्यक्ष लक्ष्मणसिङ्खडा, तथा प्रधानाध्यापक गणेशचन्द्र बस्नेत, राजेन्द्र खनाल, पिताम्बर सिग्देल, संगठनका सचिव शिव बराली लगायतका वक्ताहरूले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।
कार्यक्रमको सञ्चालन महासङ्घ तनहुँका सहसचिव रामदत्त पौडेलले गर्नुभएको थियो।








