भरतपुर अस्पतालको सेफ्टिक ट्यांकीमा खसेकी ५ बर्षीय बालिकाको मृत्यु

सर्वज्योति
  • ख-
  • ख+

चितवन । चितवनको भरतपुर अस्पतालको सेफ्टिक ट्यांकीमा खसेकी एक बालिकाको मृत्यु भएको छ ।
असार ३० गते दिउँसो करीब ४ बजेतिर अस्पतालको सी ब्लक नजिकै रहेको सेफ्टिक ट्यांकीमा खसेकी पाँच वर्षीया अन्जना मगरको उपचारको क्रममा मंगलबार साँझ मृत्यु भएको हो ।
अन्जना भरतपुर अस्पतालमा कार्यरत कर्मचारी विकास मगरकी छोरी हुन् । उनको आईसीयूमा राखेर उपचार भइरहेको थियो ।
अस्पतालको सी ब्लक नजिकै रहेको सेफ्टिक ट्यांकी निकै ठूलो छ । त्यसको ढकनीको भागबाट खेल्दै जाने क्रममा पाँच वर्षीया अन्जना खसेकी थिइन् ।
उनको केहीबेर पछि नै उद्धार गरेर उपचार सुरु गरिए पनि मंगलबार बेलुकी ६ः४० बजे निधन भएको अस्पताल प्रशासनले जनाएको छ ।
अनलाईन खबर

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?