भगवती न्यौपानेले लिईन् संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रीको सपथ

सर्वज्योति
  • ख-
  • ख+

काठमाडौं । भगवती न्यौपानेले संघीय मामिला तथा सामान्य प्रशासनमन्त्रीको ग्रहण गरेकी छिन् ।
राष्ट्रपति निवासमा आयोजित एक कार्यक्रमबीच राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त मन्त्री न्यौपानेलाई शपथ ग्रहण गराएका हुन् ।
घुस डिल गरेको अडिओ सार्वजनिक भएपछि उक्त मन्त्रालयबाट राजकुमार गुप्ताले राजीनामा दिए पश्चात नेकपा एमालेका तर्फबाट राष्ट्रिय सभा सदस्य रहेकी तनहुँकी न्यौपानेलाई हिजो प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्री नियुक्त गरेका थिए ।
२०७६ सालमा गण्डकी प्रदेशबाट राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएकी न्यौपानेको राष्ट्रिय सभा सदस्यको कार्यकाल आगामी २० फागुनसम्ममा सकिनेछ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?