तनहुँ। राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति एवं तनहुँ षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य डा. स्वर्णिम वाग्लेले राष्ट्रिय कराँते महासंघ तनहुँलाई खेल सामाग्री हस्तान्तरण गरेका छन् । डा. वाग्लेले कराते खेल देल्दा प्रयोग हुने ६५ थान म्याट राष्ट्रिय कराँते महासंघ गण्डकी प्रदेशका सदस्य मनीराज थापालाई हस्तान्तरण गरेका हुन् । उत्तः सामाग्री हस्तान्तरण गर्दै डा. वाग्लेले खेलको बिकासको लागि अ ाफु सधै लागि पर्ने बताएका थिए । उक्त सामाग्री बुझ्दै राष्ट्रिय कराँते महासंघ गण्डकी प्रदेशका सदस्य मनीराज थापाले खेलकुदको बिकासको लागि भौतिक संरचनाहरु निर्माण गर्न पनि राज्यलाई घचघच्याउन लाग्न सांसद डा. वाग्लेलाई सुझाव दिएका थिए । कार्यक्रममा रास्वपा तनहुँका सभापति विश्व बास्तोलाले संसद वाग्लेको निजी पहल र आर्थिक सहयोगमा उपलब्ध गराईएको म्याट बिशेषत कराते प्रतियोगितामा प्रयोग हुने भएकोले सबैले मिलेर प्रयाृग गर्न आग्रह गरेका थिए । रास्वपा क्षेत्र नं १ का सभापति पदमराज न्यौपानेले संचालन गरेको कार्यक्रममा रास्वपा उर्जा विभाग प्रमुख ई. श्रीराम न्यौपाने, रास्वपाका तनहुँका नेताहरु विकास सिग्देल, सूर्यमणी पौडेल , रास्वपा नगर सभापति चुडामणी दाहाल, लगायतका व्यक्तिहरुको उपस्थिति रहेको थियो ।








