दमौलीमा भईरहेको १ महिने अखण्ड हवन कार्यक्रममा श्रद्धालुहरुको भिड

सर्वज्योति
  • ख-
  • ख+

तनहुँ । तनहुँको दमौलीमा भईरहेको १ महिने अखण्ड हवन कार्यक्रममा श्रद्धालुहरुको भिड लागेको छ । वेदव्यास वैद्दिक सनातन धर्मशास्त्र अनुसन्धान प्रतिष्ठानले आयोजना रहेको उक्त कार्यक्रममा हवन गर्न श्रद्धालुहरुको भिड लागेको हो । गूरुपुर्णिमाको दिन शुभसाईत गरिएको उक्त हवन कार्यक्रम साउन १ गतेबाट बिधिवत् सन्चालनमा आएपछि श्रद्धालु भक्तजनहरु, धर्ममा आस्था राख्ने धार्मिक व्यक्तित्वहरु कुलदोष, पितृदोष, जिवनमा गरिएका असंख्य भुलुचकबाट मुक्ति र परलोक बसाई सुधारका लागि हवनमा सहभागी भईरहेका छन् र आउने क्रम पनि जारि रहेको वेदव्यास वैद्दिक सनातन धर्मशास्त्र अनुसन्धान प्रतिष्ठानका संरक्षक ध्यानाचार्य सद्गुरु जय श्री हरि खेमराजले जानकारी दिनुभएको छ । दमौलीको व्यास गुफा परिसरमा श्रावण १ गतेदेखि संचालन भएको अखण्ड, असंख्य हवन १ महिना सम्म चौबिसै घण्टा संचालनमा आउने छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?