तनहुँ। नेपाली कांग्रेसका नेता एवं सांसद शंकर भण्डारीद्वारा शुक्लागण्डकी वडा नं ६ को तिन खोले मन्दिर मोटरमार्गको मोटरेवल पुल उद्घाटन गरेका छन् । शुक्लागण्डकी नगरपालिका वडा नं ६ स्थित प्रसिद्ध धार्मिक स्थल तीन खोले मन्दिर जाने कुम्लेखोला माथि निर्माण कार्य सम्पन्न भएको पुलको सांसद भण्डारीले आज एक कार्यक्रमका बिच उद्घाटन गरेका हुन् ।
शहरी विकास मन्त्रालयको स्थानीय पूर्वाधार विकास आयोजना कार्यालय पोखरामार्फत कुम्लेखोलामा पुल निर्माण भएको हो । डबल सेल बक्स डिजाइनको पुल २ करोड ८० लाख ५९ हजार ९७९ रुपैयाँको लागतमा पुल निर्माण भएको छ । २०८१ असार १३ गते वेस्टर्न पपुलर कन्स्ट्रक्सन प्रा.लि. गुल्मिले २०८२ पुस १३ गते सक्ने लक्ष्यका साथ ठेक्का सम्झौता गरेको थियो । तर, म्याद सकिन ५ महिना अगावै सम्पन्न गरेर तामझामका साथ उद्घाटन गरिएको छ । पुल उद्घाटनको अवसरमा वेस्टर्न पपुलर कन्स्ट्रक्सन प्रा.लि.का गगन केसीलाई सम्मानसमेत गरिएको छ ।








