मुग्लिन सडक खण्डमा चलिरहेको कारमाथि ढुंगा खस्दा तीन जना भारतीय घाइते

सर्वज्योति
  • ख-
  • ख+

तनहुँ । नारायणगढ मुग्लिन सडक खण्डको तुइन खोलामा चलिरहेको कारमा माथिबाट खसेको ढुङ्गा लागेर तीन जना भारतीय नागरिक घाइते भएका छन् ।
इच्छाकामना गाउँपालिका वडा नम्बर ५ मा रहेको तुइन खोलामा माथिबाट ढुङ्गा खसेर आज दिउँसो दुई २५ बजेको समयमा भारतीय नम्बरप्लेट रहेको युपी ८० जीपी २९२८ नम्बरको कारमा लागेको थियो ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रवक्ता डिएसपी रविन्द्र खनालका अनुसार कार चालक ४२ वर्षका रतेन्द्र यादवको बायाँ हातमा चोट लागेको छ ।
अन्य दुई ३३ वर्षक हर्मोन यादवको ढाड र ३५ वर्षका हितेन्द्र यादवको हात र खुट्टामा चोट लागेको छ । घाइते सबैजनाको अवस्था गम्भीर नभएको र उनीहरुलाई उपचारको लागि स्थानीय मेडिकलमा पठाइएको प्रहरीले जनाएको छ ।
नेपाल प्रेस

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?