काठमाडौं । मधेश प्रदेशका पूर्वप्रमुख डा. राजेश झा (अहिराज) पक्राउ परेका छन् । उनलाई भद्रकाली आसपासबाट आइतबार विहान नियन्त्रणमा लिइएको काठमाडौंका जिल्ला प्रहरी प्रमुख एसएसपी विश्व अधिकारीले बताए ।
बालिका बलात्कारको उजुरीका आधारमा काठमाडौं प्रहरीले उनीमाथि अनुसन्धान थालेको थियो ।
जिल्ला प्रहरी परिसर काठमाडौंमा अहिराजविरूद्ध माघ ३ गते नै दर्ता भएको थियो ।








