काठमाण्डौंको तारकेश्वर खेलमैदानमा मृत भेटिइन् महिला

सर्वज्योति
  • ख-
  • ख+

काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिका ८ को पिपलडाँडा खेल मैदानको बारमा झुण्डिएको अवस्थामा एक महिलाको शव फेला परेको छ ।
ती महिलाको पहिचान खुल्न बाँकी रहेको वडाध्यक्ष श्यामकृष्ण सापकोटाले जानकारी दिए ।
प्रत्यक्षदर्शीका अनुसार मृतक महिलाले कालो कपडा, कालो झोला र कालो जुत्ता लगाएकी छन् ।
घटनास्थलमा प्रहरी र स्थानीय भेला भएका छन् । तर अहिलेसम्म कसैले पनि पहिचान गर्न नसकेको वडा सदस्य मोहन खत्रीले बताए ।

अनलाईन खबर

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?