वडा सदस्यको काम, कर्तव्य र अधिकारलाई वेवस्ता गरिएको भानु ११ का वडा सदस्य अजय थापाको आरोप

सर्वज्योति
  • ख-
  • ख+

तहुँ । वडा सदस्यको काम, कर्तव्य र अधिकारलाई वेवस्ता गरिएको भानु ११ का वडा सदस्य अजय थापाको आरोप लगाएका छन् । थापाले सामाजिक संजालमा लामो स्टाटस लेख्दै ”नेपालको संविधानको धारा २९६ को उपधारा (१) बमोजिम स्थानीय सरकार सञ्चालन ऐन २०७४ मा वडा समितिको काम कर्तव्य र अधिकार प्रष्टसग छुट्याएपनि र भानु नं। पा वडा नं. ११ को आ. ब. २०८२/८३ को बजेट गजब तरिकाले पेश भएको लेखेका छन् थापाले स्थानीय तहको सबैभन्दा सानो एकाई टोलबाट प्राथमिकताका हिसाबले योजना माग नै नगरि मनमौजी तरिकाले बजेट बनाई स्थानीय सरकार सञ्चालन ऐन बिरुद्ध पेश गरेको” लेखेका छन् । वडा सदस्य थापाले स्टाटसमा ”कम्तिमा आम जनताको मतबाट निर्वाचित भैसकेपछि जनताको अभिमतको कदर गर्दै टोलको आवश्यकतामा आआधारित योजना माग गरि टोल बिकास संस्थाको संयोजकहरु, संघ संस्था, राजनैतिक दलहरु, बुद्धिजीवीहरुसँग बृहत् छलफल पछि मात्र बजेट बनाउनु पर्नेमा त्यसो नगरिएको ” पनि लेखेका छन् । थापाले स्टाटसमा ”आम नागरिकले हामीलाई रैतिबाट सेवक वनाएका हुन राजा हैन । हामी कस्तो राजनैतिक संस्कार र पद्धतिको विकास गर्दैछौं भन्ने त समयले बताउला । फरक छु भन्ने तर व्यबहारमा यथास्थितिमा चल्दा केही समय पद र शक्तिमा रहुन्जेल आत्मरतिमा पेले, थिचे, दबाए भन्ने लाग्ला, तर यथार्थ निकै पर छ। भ्रमका पर्दा च्यातिएको दिन बहुमतले हैन एकमतले काम गर्छ” भन्ने धम्कियुक्त भाषा पनि व्यक्त गरेका छन् । थापाको स्टाटसबाट प्रष्टसग बुझ्न सकिन्छ हालसालै पेश गरिएको आर्थिक बर्ष २०८२/८३ को बजेटमा स्वयं सत्तारुढ दलका जनप्रतिनिधिहरु पनि सन्तुष्ट हुन सकेका छैनन् ।
भानु युवा जनप्रतिनिधिहरुमध्ये एक नेपाली कांग्रेसबाट निर्वाचित अजय थापा हकि स्वभावका जनप्रतिनिधि मानिन्छन् ।  यसै बिषयमा भानु ११ का वडा अध्यक्ष विमलराज जोशीको मोवाईलमा सम्पिर्क गर्दा उहाँको मोवाईल अफ रहेको पाईयो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?