बिपीले देखाएको मार्ग अबलम्बन गर्नुपर्नेमा जोड

सर्वज्योति
  • ख-
  • ख+

तनहुँ । जननायक बिपी कोइरालाले देखाएको मार्ग अबलम्बन नगर्दा पार्टी कमजोर भएकोले सच्चिएर हिड्नु पर्ने जरुरी रहेको वक्ताहरुको जोड रहेको छ । ४३ औं बीपी स्मृति दिवसको उपलक्ष्यमा व्यास नगरपालिका–३, दमौली स्थित स्थित बिपी पार्कमा मङ्गलबार गरिएको बिरुवा गोडमेल तथा अन्तरक्रिया कार्यक्रममा वक्ताहरुले बिपीको मार्ग भुलेर व्यक्तिगत स्वार्थमा लाग्दा पार्टी कमजोर भएको बताए ।उनुभयो ।
नेपाली काँग्रेस तनहुँका सभापति तथा गण्डकी प्रदेश सभा सदस्य जीतप्रकाश आलेले विपीले देखाएको मार्ग अहिले उत्तिकै सान्र्दभिक रहेको उल्लेख उहाँले देखाएको मार्गमा हिँडेमात्रै पार्टी बलियो हुने बताए । सभापति आलेले भन्नुभयो, ‘विपीको प्रजातान्त्रिक समाजव ादको दर्शन हालको लागि उत्तिकै महत्व छ उहाँको आर्दश, सिद्धान्त र विचारलाई हामीले भुल्नु हुँदैन ।’
कार्यक्रममा नेपाली काँग्रेस तनहुँका निर्बतमान सभापति वैकुण्ठ न्यौपाने, पूर्व सभापति रघुनाथ पौडेल, नेपाल महिला सङ्घ तनहुँकी अध्यक्ष पवित्रा पौडेल, महासमिति सदस्यहरु प्रा.डा. कृष्णप्रसाद गौतम, सरिता गुरुङ, नेपाली काँग्रेस व्यास नगर सभापति सूर्यचन्द्र हड्खले, सचिव खेमराज पोख्रेल लगायतले बिपीले बहुदल पछि देखिने भविश्यवाणी अनुसार केही व्यक्तिहरु स्वार्थमा लाग्छन् भने र्झै सत्ताको भुल्दा अग्रगमनमा चुकेको जनताले महशुस गरेकोले सच्चिन नेताहरुलाई आग्रह गरेका थिए । कार्यक्रममा विपीको प्रतिमामा माल्यार्पण गरी श्रद्धासुमन प्रकट गरिएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?