तनहुँ । तनहुँका व्यास नगरपालिका वडा नं. १, भादगाउँस्थित श्री निर्मल माध्यमिक विद्यालयमा लियो जिल्ला परिषद् ३२५ याल नेपाल अन्तर्गत गण्डकी क्षेत्रको आयोजना र लियो क्लब अफ तनहुँको संयोजनमा क्लब अफिसर्स स्कुलिङ कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रम लियो जिल्ला परिषद् ३२५ याल् नेपालका प्रशिक्षण कर्डिटानोरका अध्यक्ष लियो कुशल लाम्सालको अध्यक्षता भएको सो कार्यक्रमको प्रमुख अतिथि गण्डकी प्रदेश सभा सदस्य अशोक कुमार श्रेष्ठ रहेका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै सदस्य श्रेष्ठले लियो र लायन्स क्लब तनहुँमा स्थापना हुदाको समय र अहिलेका क्लबहरुले समाजमा दिदै आएको सेवा र नेतृत्व बिकासमा खेलोको भुमिकाको बारेमा तुलना गरे । सदस्य श्रेष्ठका अनुसार लायन्स र लियो क्लब र एउटै संस्था भएको र दुबैले समाज मा जहाँ आवश्यकता तेहाँ सेवा प्र्दान गर्ने संस्था रहेको पुष्टि गरे। लियो र लायन्स क्लब तनहुँ जिल्लाको परिबेशमा बिगतमा संगठनले गरेको संगठनिक गतिबिधिको बारेमा स्मरण गर्दै बिगतको तुलनमा अहिले सहजता भएको उल्लेख गरे ।
लियो जिल्ला अध्यक्ष,लियो बहुजिल्ला ३२५ नेपालका अध्यक्ष र निवर्तमान अध्यक्ष, लियो क्लबका वर्तमान तथा पूर्व पदाधिकारीहरू, डिस्ट्रिक्ट टिम, कोअर्डिनेटरहरू, विभागीय संयोजक तथा विभिन्न लियो क्लबका अध्यक्ष, सचिव, कोषाध्यक्षहरू उपस्थित थिए। कार्यक्रममा क्लब सञ्चालन सम्बन्धी तालिम, दायित्व हस्तान्तरण, नेतृत्व विकास, समन्वयात्मक कार्यशैली र सेवा भावको विषयमा छलफल तथा प्रशिक्षण प्रदान गरिएको थियो। यस कार्यक्रमले आगामी कार्यकालका लागि लियो अफिसरहरूलाई नेतृत्वदायी भूमिकामा सजग र सक्षम बनाउने अपेक्षा गरिएको छ।
कार्यक्रम लायन वर्ष २०२५र२६का लागि आयोजना गरिएको हो, जसमा गण्डकी क्षेत्रका विभिन्न लियो क्लबका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो








