तनहुँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपाने विभिन्न कार्यक्रममा सहभागी हुन गृहजिल्ला तनहुँको भ्रमणमा रहेकी छिन । मन्त्री भएपछि पहिलो पटक गृहजिल्ला आउनु भएकी मन्त्री न्यौपानेले शुक्रबार देवघाट गाउँपालिकाबाट भ्रमण तथा भेटघाटको सुरुवात गरिन् ।
देवघाटमा मन्त्री न्यौपानेले वडा नम्बर ५ मा निर्माणाधिन भर्जन कालिका मन्दिरमा पुजा गरिन् । उक्त मन्दिरको २ वर्ष अघि न्यौपानेले नै शिलान्यास गरेकी थिइन् । त्यस्तै देवघाट गाउँपालिकाद्वारा आयोजित स्वागत कार्यक्रममा मन्त्री भण्डारीले संघीयताको सुदृढिकरण र विकासमा जनप्रतिनिधि तथा कर्मचारीहरुको महत्वपुर्ण भुमिका हुने बताइन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको नेतृत्व गर्नु चुनौतीपुर्ण रहेपनि आफुले उक्त चुनौतीलाई सहजरुपमा पार ल्गाउने मन्त्री न्यौपानेको विश्वास थियो । सो कार्यक्रममा देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाले मन्त्री न्यौपाने समक्ष देवघाटका विविधि समस्याको बारेमा जानकारी गराएका थिए ।
यसैगरि नेकपा एमाले देवघाट गाउँ कमिटिद्वारा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री न्यौपानेले जनताका समस्याहरुको विषयमा आफु गम्भीर रहेको बताइन् । आफु तनहुँको छोरी भएको कारण तनहुँबासी र जनताको शिर निहु¥याउने गतिविधिहरु कहिल्यै नगर्ने न्यौपानेले बताइन् । पछिल्लो समयमा नेकपा एमाले सरकारमा आएपछि विकासको गतिविधिहरु रफ्तारले अगाडि बढेको भन्दै न्यौपानेले बिकासको शिलशिलामा नेकपा एमालेले जति अरुवाट बिकास हुन नसक्ने न्यौपानेले बताइन् । आफु मन्त्री भइरहँदा तनहुँको समस्यालाई उजागर गरि आफ्नो कार्यकालमा धेरै विकासको गतिबिधि गरि कमिकमजोरि नआउने गरि काम गर्ने न्यौपानेले बताइन् ।
उक्त कार्यक्रममा नेकपा एमाले गन्डकी प्रदेश कमिटीका सल्लाहकार सदस्य शिवराज पौडेल, देवघाट गाउँ कमिटिका अध्यक्ष भिमबहादुर गुरुङ लगायतले देवघाटमा इलाका प्रशासन कार्यालय स्थापना गर्न पहल गर्न मन्त्री समक्ष माग गरे । देवघाटमा नेकपा एमालेको पहलमा बनाईएका संरचनाहरुको उद्घाटन गर्दै अपुरो संरचनाहरुलाइ पुर्णता दिनुपर्नेमा मन्त्री न्यौपानेको ध्यानाकर्षण गराएका थिए ।
त्यस्तै शुक्रबार नै मन्त्री न्यौपानेले आबुँखैरेनी गाउँपालिकाद्वारा आयोजित स्वागत कार्यक्रमलाई सम्बोधन गरेकी थिइन् । सो अवसरमा बोल्दै मन्त्री न्यौपानेले मन्त्रालयले प्रदान गर्ने सेवा प्रवाह तथा सबै प्रकृतिका सेवा र सो को प्रक्रिया एवं नतिजाका सम्बन्धमा सेवाग्राहीका गुनासाको सुनुवाई तथा समाधान गरिने बताइन् । यसैको लागि मन्त्रालयमा ‘गुनासो व्यवस्थापन केन्द्र’ स्थापना स्थापना भएको भन्दै मन्त्री न्यौपानेले उक्त केन्द्रमा आएका गुनासाहरु जतिसक्दो चाँडो प्रक्रियागत रुपमा समाधान गर्ने बताइन् ।
सेवाग्राहीवाट प्राप्त गुनासाहरुको अध्ययन र बर्गिकरण गरी कार्वाही गर्नुपर्ने गुनासाको सम्बोधनका लागि तत्काल प्रक्रिया अगाडि बढाइने उनको भनाई थियो । तनहुँको विकासकोलगि तिनै तहका सरकार विच समन्वय हुनुपर्ने भन्दै उनले आफ्नो तर्फबाट स्थानीय तहलाई आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाईन् ।
उक्त कार्यक्रममा आबुँखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले आबुँखैरेनीमा संघीय सरकारबाट बजेटमा विनियोजनमा केही भेदभाव हुने गरेको गुनासो गर्दै मन्त्री न्यौपानेको पालामा त्यस्तो भेदभावको अन्त्य हुने भन्दै सफल कार्यकालको शुभकामना दिएका थिए । यसैगरि न्यौपानेले शुक्रबार नै आबुँखैरेनीमा नेकपा एमालेका नेता तथा कार्यकर्ताहरुसँग भेट गर्दै सरकारको लक्ष्य पुरा गर्न सबै कार्यकर्ताहरुले सहयोग गर्नुपर्ने बताइन् ।
यसैगरि शुक्रबार नै मन्त्री न्यौपानेलाई बन्दीपुरको डुम्रे बजारमा उद्योगी, व्यापारी तथा नागरिक समाजले स्वागत तथा सम्मान गरेको थियो । उक्त कार्यक्रममा बोल्दै मन्त्री न्यौपानेले नीजि क्षेत्र र सरकार मिलेर जनताको समस्याहरु समाधान गर्नुपर्ने बताइन् । उक्त कार्यक्रमा तनहुँ उद्योग वाणिन्य संघका पुर्व अध्यक्ष घनश्याम देवान, बन्दीपुर गाउँपालिका वडा नम्बर १ का अध्यक्ष शिवकुमार श्रेष्ठ, नेकपा एमाले भानु नगर कमिटिका अध्यक्ष शंकर रानाभाट लगायतले मन्त्री न्यौपानेको कार्यकालको शुभकामना दिएका थिए ।
यस्तै साँझ बन्दीपुर भ्रमण वर्ष मुल समितिद्वारा बन्दीपुरमा आयोजित स्वागत कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री न्यौपानेले बन्दीपुर भ्रमण वर्ष सफल पार्न आफ्नो तर्फबाट सक्दो सहयोग हुने बताइन् । सरकारले पनि यस्ता पर्यटन प्रबद्र्धन मार्फत धेरै भन्दा धेरै बाह्य पर्यटक भित्रउने लक्ष्य लिएको भन्दै उनले सरकार र व्यवसायीहरु मिलेर भ्रमण वर्षलाई सफल बनाउनुपर्ने बताइन् । सो कार्यक्रममा बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्रबहादुर थापा, उपाध्यक्ष पन्चमाया गुरुङ, बन्दीपुर भ्रमण वर्षका संयोजक बैंश गुरुङ, होटल व्यवसायी संघका अध्यक्ष फुलमती थापा लगायतले मन्तव्य राखेका थिए ।
शनिबार बिहान मन्त्री न्यौपाने बन्दीपुर गाउँपालिकाको धरमपानीमा आयोजित कार्यक्रम, नेपाल राष्ट्रिय शिक्षक संगठन भानु नगर समितिले आयोजना गरेको स्वागत कार्यक्रम तथा व्यास नपा १२ का भानुभक्त प्राणी उद्यान पीडितहरुले मु–आब्जा उपलब्ध गराउनको लागि ध्यानार्कषण पत्र हस्तान्तरण कार्यक्रम, तनहुँ उद्योग वाणिज्य संघद्वारा आयोजित स्वागत तथा सम्मान कार्यक्रम, एकदेव आले स्मृती तथा चिन्तन प्रतिष्ठानको स्वागत कार्यक्रम तथा व्यास नपा–५ स्थित ढोडेनीमा महिला उद्यमी कल्पना गौलीले सन्चालन गर्नुभएको माँ अम्बे अलौकिक कृषी फर्मको अनुगमन कार्यक्रममा सहभागी भएकी थिइन् ।








