तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिका वडा नं. ४ बेनीटारबाट औषधसहित १९ बर्षिय समिर लामा पक्राउ परेका छन् । पृथ्वी राजमार्ग सडक खण्डमा ईलाका प्रहरी कार्यालय आँबुखैरेनीको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा सिन्धुपाल्चोक जिल्ला लिसंखु पाखर गाउँपालिका वडा नं २ का समिर लामा पक्राउ परेको ईलाका प्रहरी कार्यालय आँबुखैरेनीका प्रहरी निरिक्षक टेकप्रसाद सुवेदीले जानकारी दिएका छन् । प्रहरी टोलीले सवारी साधन र शंकास्पद व्यक्तिहरुलाई चेकजाँच् गर्ने क्रममा जेब्रा झोलामा लुकाई ल्याएको १९ किलो ८ सय ग्राम गाँजा सहित लामालाई पक्राउ गरि थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय आँबु खैरेनीका प्रहरी निरिक्षक टेकप्रसाद सुवेदीले जानकारी दिएका छन् ।








