आँबुखैरेनीमा श्रीकृष्ण जन्माअष्टमी जात्रा भव्यतापूर्वक मनाउने तयारी

सर्वज्योति
  • ख-
  • ख+

तनहुँ । तनहुँको आँबुखैरेनीमा श्रीकृष्ण जन्माअष्टमी जात्रा भव्यतापूर्वक मनाउने तयारी गरिएको छ । आँबुखैरेनी गाउँपालिकाको पहिचान बन्न सफल श्रीकृष्ण जन्माअष्टमी जात्रा यस वर्ष पनि भव्यतापूर्वक मनाउने तयारी गरिएको छ । हरेक वर्षको जन्माअष्टमीको दिन लाग्ने यो जात्रा आँबुखैरेनीको पहिचानको रुपमा स्थापित भएकोले यसलाई अझ व्यापकरुपमा मनाउन लागिएको आँबुखैरेनी गाउँपालिका वडा नं. ३ का सदस्य एवं आयोजक आँबुखैरेनी संस्कृति संरक्षण मञ्चका अध्यक्ष मनोजकुमार श्रेष्ठले जानकारी दिएका छन् ।
विभिन्न जातजातिको साँस्कृतिक झलक, झाँकीहरु, नाचगान प्रस्तुत हुने यो जात्रा दशकौंदेखि आँबुखैरेनीमा लाग्ने गरेको यो जात्रालाई सम्पन्न गराउन विभिन्न संघ संस्थाले सहयोग गर्ने गरेको र यस वर्ष पनि जात्रा भव्य बनाउन सबै संघसंसथाहरु लागिपरेको मञ्चका अध्यक्ष मनोजकुमार श्रेष्ठले जानकारी दिएका छन् । श्रेष्ठका अनुसार आगामी श्रावण ३१ गते शनिबार दिन चुड्का प्रतियोगिता, लाखे नाच, रोपाई नाच, बालेन नाच , पाङ्दुरे नाच, स्टेज कार्यक्रम लगायत विभिन्न समुदायको साँस्कृतिक नाँचहरु रहेका छन् ।
त्यसैगरि यसपटक पनि विभिन्न साँस्कृतिक झलकहरु सहित ¥यालीको समेत आयोजना हुने मञ्चका अध्यक्ष श्रेष्ठले बताए ।
जात्रा अर्थात मेलालाई भव्य बनाउनका लागि आयोजकले शनिबार आँबुखैरेनीका विभिन्न टोलका प्रतिनिधिहरुसँग बृहत छलफल गरेको थियो ।


कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?