कर्मचारी प्रशासनमा देखिएका समस्या हल गर्न लागिपर्नेछुः मन्त्री न्यौपाने

सर्वज्योति
  • ख-
  • ख+

तनहुँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेले कर्मचारी प्रशासनमा देखिएका समस्या हल गर्न लागिपर्ने बताएकी छन् । जिल्ला प्रशासन कार्यालय तनहुँमा आइतबार तनहुँका सरकारी कार्यालयका प्रमुख तथा निजामती कर्मचारीका ट्रेड युनियनका प्रतिनिधिलाई निर्देशन दिँदै मन्त्री न्यौपानेले निजामती कर्मचारीहरुको न्यायिक व्यवस्थापन गरिने भन्दै संघीय निजामती ऐन जारी भएपछि कर्मचारी प्रशासनमा देखिएका धेरै समस्या हल हुने बताईा् ।
संघीय निजामती ऐन प्रतिनिधि सभाबाट पारित भएर राष्ट्रिय सभामा टेवल भएको भन्दै राष्ट्रिय सभामा दफावार छलफल पछि समितिले टुंगो लगाएर पुनः प्रतिनिधि सभामा पठाउने र चालु संसद अधिवेशनबाट संघीय निजामती ऐन जारी हुने उन ले बताईन् । संघीय निजामती ऐन जारी भएपछि कर्मचारीहरुले उठाएका धेरै विषय सम्बोधन हुने मन्त्री न्यौपानेले बताईन् ।
अहिले कर्मचारी संघीयता संक्रमणकालमा रहेको भन्दै उक्त संक्रमणकाललाई जतिसक्दो चाँडो अन्त्य गर्ने भन्दै मन्त्री न्यौपानेले भनिन् ‘तिनै तहका कर्मचारीको समस्या समाधान गरि कर्मचारीलाई उत्पाहपुर्वक काममा लाग्ने बातावरण बनाउन लागि परेको छु ।’
कर्मचारीको मात्र नभई अहिले जनताको समस्याको पनि निकै ठुलो रहेको भन्दै कर्मचारीहरुले जनताको कामलाई उच्च प्राथमिकतामा राखेर कार्य सम्पादन गर्नुपर्ने बताईन् । ‘भनसुनको आधारमा भन्दा कानुनको परिधि र सिष्टममा आधारित भएर सेवा दिनुहोस्’ मन्त्री न्यौपानेले भन्नुभयो ‘जनताको काममा कुनै पनि बाहानामा ढिलासुस्ती र अलमल हुनु हुँदैन ।’ जनातामा दुई चार पैसा खर्च नगरिकन र भनसुन र पावर नलगाइकन मेरो काम बन्दै भन्ने मानसिकता रहेको भन्दै उनले त्यो मानसिकतालाई तोड्ने आफ्नो प्राथमिकतामा रहेको बताईन् । जनताको विश्वास जितेर कर्मचारीहरुले कार्यसम्पादन गर्नुपर्ने बताईन् । राम्रो काम गर्नेलाई पुरस्कार र नराम्रो काम गर्नेलाई दण्ड सजायको व्यवस्था पनि हुने उनले बताईन् ।
मन्त्री न्यौपानेले जिल्ला प्रशासन कार्यालयमा भईरहेको सेवा प्रवाहको बारेमा पनि अनुमगन गरेकी थिईन् । मन्त्री न्यौपानेलाई प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले कार्यालयको सेवा प्रवाह र समग्र तनहुँ जिल्लाको अवस्थाको बारेमा जानकारी गराएका थिए ।
मन्त्री न्यौपानेले आइतबार नै नेपाल निजामती कर्मचारी संगठन जिल्ला समिति तनहुँले आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रम एवं सहिद मनोज–झपेन्द्र–सुरेन्द्र स्मृति सप्ताह–२०८२ को उद्घाटन गर्दै संघीय निजामती ऐन चालु संसद अधिवेशनमै जारी हुने विश्वास दिलाईन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?