तनहुँ । नेपाली कांग्रेस तनहुँको बिस्तारित बैठक सोमबार सम्पन्न भएको छ ।
नेपाली कांग्रेस तनहुँका सभपति जिल्ला सभापति जीतप्रकाश आलेको सभापतित्वमा सम्पन्न बैठकमा सहभागीहरुले पार्टी संगठन सुदृढीकरण लगायत समसामिक विषयमा धारणा राखेका थिए ।बैठकमा नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य गाेविन्द भट्टराई ,नेपाली कांग्रेस तनहुँका पूर्व सभापति रघुनाथ पौडेल, संविधान सभा सदस्य रामचन्द्र पोखरेल ,जिल्ला उपसभापति राजेन्द्रकृष्ण श्रेष्ठ , सचिवद्धय सहदेव अधिकारी र लक्ष्मीभक्त खनाल ,जिल्ला सदस्य डम्बर अधिकारी लगायतले धारणा राखेका थिए ।
बैठकमा साउन २७ गते भिमादमा सहिद कल्याण खनालको अर्धकदको सालिक पार्टी सभापति शेरबहादुर देउवाबाट अनावरण गर्ने निर्णय गरेको छ ।सालिक अनावरण कार्यक्रम भव्य रुपमा सम्पन्न गर्नका लागि तनहुँ कांग्रेस आयोजक र सहिद कल्याण खनाल प्रतिष्ठानले व्यवस्थापन गर्ने निर्णय गरेको छ । त्यस्तै बैठकले असोज मसान्तसम्म क्रियाशिल सदस्यताको म्याद थप गर्ने निर्णय भई आएको हुँदा सोही अनुसार सदस्यता वितरणको अभियान सञ्चालन गर्न समेत सर्कुलर गर्ने निर्णय गरेको छ ।
तस्विर: डम्बर अधिकारी








