तनहुँ । तनहुँ दमौलीको व्यास गुफा परिसरमा भईरहेको १ महिने अखण्ड हवन कार्यक्रम १३ दिनमा प्रवेश गरेको छ । वेदव्यास वैद्दिक सनातन धर्मशास्त्र अनुसन्धान प्रतिष्ठानले आयोजना रहेको उक्त कार्यक्रममा १३ दिनमा पनि हवन गर्न श्रद्धालुहरुको भिड लागेको हो । गूरुपुर्णिमाको दिन शुभसाईत गरिएको उक्त हवन कार्यक्रम साउन १ गतेबाट बिधिवत् सन्चालनमा आएपछि श्रद्धालु भक्तजनहरु, धर्ममा आस्था राख्ने धार्मिक व्यक्तित्वहरु कुलदोष, पितृदोष, जिवनमा गरिएका असंख्य भुलुचकबाट मुक्ति र परलोक बसाई सुधारका लागि हवनमा सहभागी भईरहेका छन् । श्रद्धालुहरुको अथाह माया र सहभागिताले आफुलाई यस्ता कार्यहरु गर्न प्रोत्साहन मिल्ने गरेको वेदव्यास वैद्दिक सनातन धर्मशास्त्र अनुसन्धान प्रतिष्ठानका संरक्षक ध्यानाचार्य सद्गुरु जय श्री हरि खेमराजले जानकारी दिनुभएको छ । दमौलीको व्यास गुफा परिसरमा श्रावण १ गतेदेखि संचालन भएको चौबिस घण्टे अखण्ड, असंख्य हवन १ महिनाभरि संचालनमा आउने छ ।








